गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदीको सहजीकरण र नेपाली दूतावास रियादको आयोजनामा राहदानी नवीकरण फारम संकलन कार्य २० अगस्ट २०२१ शुक्रवारका दिन साउदी अरबको अलकासीम-बुरैदामा सम्पन्न भएको छ। राहदानीको म्याद सकिएर नवीकरण गर्नु पर्ने नेपाली नागरिकहरू कोरोना महामारी र अन्य कारणले दूतावास रियाद सम्म जान नसकिएकाहरूलाई अस्थाई घुम्ति शिबिर संचालन गरी दूतावासको सेवा प्रदान गरिएको हो।
उक्त राहदानी सहजीकरण अस्थायी शिविर बाट करिब १७० जना नेपाली श्रमिकहरुले सेवा प्राप्त गरेका थिए । जसमध्ये १४१ जनाले राहदानी नविकरणको लागी फारम भरेका थिए भने २६ जनाले नवीकरण भएर आएका नयाँ पासपोर्ट बुझेका थिए। साथै ३ जनाले ट्राभल डकुमेन्ट लिएका थिए ।
उक्त कार्यमा सेवा ग्राहीको सेवा प्रदान गर्न नेपाली दूतावास रियादका द्वितिय सचिब तारा खनाल, तृतीय सचिब आनन्द सुबेदी, साथै स्थानीय कर्मचारी हेमन्त आचर्यको उपस्थिति रहेको थियो भने सहजता एवम् सहजीकरण तथा अनलाईन फारम भर्न र अन्य व्यवस्थापन र सहयोग गर्न एनआरएनए साउदी अरब निवर्तमान उपाध्यक्ष एवम् एनआरएनए आरसीसी अलकासीमका संरक्षक बिशाल श्रेष्ठ, निवर्तमान यूवा संयोजक एवम् सल्लाहकार राजकुमार श्रेष्ठ, उपाध्यक्ष भक्तबिर राई, एनआरएनए आरसी अलकासीमका का.बा. अध्यक्ष कृष्ण अधिकारी, सचिव ध्रुव कटुवाल, सह-सचिव सिद्धी श्रेष्ठ, सह-कोषाध्यक्ष बिर बहादुर तमाङ, सदस्यहरू विनोद खड्का, रमण अर्याल, समिर केसी, अर्जुन थापा र यूवा संयोजक काजीमान कान्धाङवा लगायतका दाधिकारीहरू र गन्तब्य नेपालका अभियान्ताहरुको उपस्थिति रहेको थियो ।