नेपाली महावाणिज्यदूतावास जेद्दा तथा आर सिसि ताबुकको पुर्व सुचना अनुसार २० अगस्त २०२१ का दिन ताबुकमा राहदानी नवीकरणको फारम संकलन तथा नवीकरण भई आएका नयाँ राहदानी वितरण सेवा सम्पन्न भएको छ ।
यस कार्यक्रम अन्तर्गत राहदानी नविकरण फारम , नविकरण भैसकेको राहदानी वितरण तथा पुलिस रिपोर्ट लगायतका सेवा सुबिधाहरु प्रदान गरिएको थियो ।सो कार्यको लागी नेपाली महावाणिज्यदूतावास जेद्दाबाट भुवन पौडेलको नेतृत्वमा सुमन वाग्ले र राजु बास्कोटा सहितको नियोग प्रतिनिधिहरू बाट सहजीकरणको सेवा प्रदान गरिएको हो। सो सुबिधा लिन ताबुक र अन्य शहरहरू दुबा, हाकल, शर्मा सहित करिब ३०० km टाढा देखी नेपाली सेवाग्राहीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
म्याद सकिएको साथै म्याद सकिन लागेको (२०२२ डिसेम्बर अन्तिम सम्म म्याद भएको) एक महिला सहित कुल ६६ जना सेवाग्राहीले राहदानी नविकरणको लागी फारम बुझाएका थिए । जसमध्ये २ जनाको हराएको र बाकी ६४ जनाले नविकरण गराएका थिए भने राहदानी नविकरण भई आएका १२ जनाको राहदानी वितरण र एक जनाले पुलिस रिपोर्टको लागि निवेदन दिएकोमा महावाणिज्यदूतावास मार्फत सिफारिस प्रदान गरिएको थियो।
उक्त कार्यक्रमलाई सम्पन्न गर्न अहम भुमिका खेल्नुहुने महावाणिज्यदूतावास जेद्दाका महावाणिज्यदूतावास परिवार साथै गैर आवासीय नेपाली संघ साउदी अरब, मध्य पुर्व सहसंयोजक जोन अर्याल प्रति भविस्यमा पनि यस्तै साथ र सहयोगको अपेक्षा सहित एन आर एन ए क्षेत्रीय समन्वय समिति, ताबुकले हार्दिक आभार व्यक्त गरेका छन्।
उक्त कार्यक्रमलाइ व्यवस्थापन गर्न एनसिसि साउदी अरेबियाका उपाध्यक्ष अर्जुन थापा ,गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय समिती ताबुकका सल्लाहकार , हेमन्त बस्नेत , भक्त हमाल अध्यक्ष- नर बहादुर खतिवडा, उपाध्यक्ष – देवि बहादुर सुतार कार्की,सचिव- युवराज पोख्रेल, कोषाध्यक्ष – दिपक कार्की, सदस्यहरू प्रकाश थापा, ओम थापा र आइ बि गुरुङ लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।