निःशुल्क स्वास्थ्य सिविर तथा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न ।

स्वास्थ्य विमा र ईकामा नभई स्वास्थ्य उपचार नपाईएका नेपाली श्रमिकलाई लक्षित एक दिने निःशुल्क स्वास्थ्य शिविर ४ फेब्रुअरीका दिन सम्पन्न भएको छ। साउदीअरबको पूर्वीय प्रान्तको औद्योगिक क्षेत्र जुबैल स्थित गल्फ एसियन मेडिकल सेन्टरमा गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदीले कार्यक्रमको आयोजना गरेको थियो।

उक्त सिविर बाट १ सय ५१ जना नेपाली श्रमिकहरूले स्वास्थ्य परिक्षण तथा औषधिउपचारको सेवा प्राप्त गरेका छन्। सेवा ग्राहीले उक्त निःशुल्क स्वास्थ्य सिविर बाट रक्तचाप, मधुमेह, यूरिक एसिड, मृगौला सम्बन्धी र कलेजो सम्बन्धीत प्रयोगशाला परिक्षण गराएका थिए ।

कार्यक्रममा स्वास्थ्य सेवाको साथै उपस्थित श्रमिकहरूलाई स्वास्थ्य सम्बन्धी सचेत पनि गराएको थियो। गल्फ एसियन मेडिकल सेन्टरका MBBS DNB डा. सैयद अश्फकले स्वस्थ रही एलोपैथिक औषधीय उपचार बाट टाढा रहँदै स्वस्थ रहने तरिका बारे जानकारी दिएका थिए भने उक्त कार्यक्रममा नेपाली दूतावास रियादको प्रतिनिधित्व गर्दै पूर्वी क्षेत्र दम्मामका लागी जन सम्पर्क अधिकारी नारायण पासवानको उपस्थिति रहेको थियो।

त्यसै गरी उक्त सिविरमा स्वयंसेवकको भूमिकामा एनआरएनए आईसीसी मध्यपूर्व सहसंयोजक राजेन्द्र अर्याल, एनआरएनए साउदीका संस्थापक सदस्य तथा संरक्षक राजु सैयद, एनआरएनए आईसीसी सदस्य तेज बहादुर थापा, याशमिन वैगम,एनआरएनए एनसीसी साउदीका अध्यक्ष डमर यादव, उपाध्यक्ष रबिना अर्याल, सदस्यहरू गणेश अर्याल, देब नारायण चौधरी, गणेश आचार्य, मधुसुधन अर्याल, एनआरएनए पूर्वी क्षेत्रिय उपाध्यक्ष पदम महत, एलसीसि दमामका अध्यक्ष हरी थापा, एलसीसि कतिफका अध्यक्ष सन्तोष गौतम, एलसीसी जुबेलका अध्यक्ष भिम कार्की लगायतका पदाधिकारीहरू, हेल्प मधेशका तर्फ बाट कासिन्द्र पासमान, बिरेन्द्र कुमार महतो, नेपाली जनप्रगतिशील मन्च साउदीका उपाध्यक्ष रामचन्द्र वाग्ले, तमुधी साउदीअरबका अध्यक्ष खेम गुरूङ् लगायतका सहजकर्ताहरूको उपस्थिति रहेको थियो ।

गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदीअरब अगामी दिनहरूमा अनपेक्षित र असहज परिस्थितिहरूमा पनि यसरी नै श्रमिक हितका लागि हुने विभिन्न कार्यहरूमा संघका विभिन्न तहका पदाधिकारीहरू र विभिन्न क्रियाशील संघ संस्थाहरूको साथ र सहयोगको अपेक्षा सहित संघ ऐक्यबद्धता जाहेर गर्दछ ।

Leave a Comment

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.