साउदीअरब देखी नेपाल सम्मको हवाई उडान अवरुद्ध सम्बन्धमा संस्थागत ध्यानाकर्षण सहितको प्रेस विज्ञप्ति!

प्रेस बिज्ञप्ति
—————-
साउदि अरबको दमाम र रियाद देखी काठमाडौ नियमित उडान गर्दै आइरहेको हवाई सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सबाट बिना सूचना एक्कासि उडान रद्द गरेको कारण सयौं नेपालीहरु विमान स्थलमा अलपत्र परिरहेको प्रति गैर आबासिय नेपाली संघ, साउदी अरबको गम्भीर ध्यानाकर्षण भएको छ । सयौं किलोमिटर दुरि तय गरि आ आफ्नो बासस्थान छोडेर घर फर्किने आशाका साथ खाली हात रहेका नेपाली यात्रीहरुलाई तत्काल उडान नहुन्जेल सम्मका लागि होटेलको ब्यबस्थापन तथा तत्काल रद्द फ्लाइट सुचारू गरि जिम्मेवारी बहन गरिदिनुहुन सम्बन्धित हिमालय एयरलाइन्स र नियामक निकाय नेपाल पर्यटन बिभागको ध्यानाकर्षण गराउन चाहन्छौ ।

Leave a Comment

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.