श्रमिक सचेतना, अन्तर्कृया तथा निःशुल्क स्वास्थ शिबिर सम्पन्न ।


नेपाली महाबाणिज्य दूतावास र एन आर एन ए साउदी अरबको संयुक्त आयोजना तथा सहकार्यमा सराफियाको इम्पाला गार्डेन हलमा श्रमिक सचेतना, अन्तरक्रिया तथा निःशुल्क स्वास्थ शिबिर २५ फेब्रुअरी २०२२ का दिन सम्पन्न भएको छ। नेपाली राजदुतावास रियादका कार्यबाहक राजदूत दिलिप कुमार पौडेलको प्रमुख आतिथ्यतामा सप्पन्न कार्यक्रममा नेपाली महाबाणिज्य दूतावास जेद्दाका कार्यबाहक महाबाणिज्यदूत शत्रुध्न प्रसाद पोख्रेलको विशिष्ट अतिथिको रूपमा उपस्थित रहेको थियो । विद्यमान परिस्थितिमा नेपाली आप्रवासीहरुको समस्या लाई समाधान तथा न्यूनीकरण साथै स्वास्थ प्रति सचेत रहन सचेतना तथा स्वास्थ शिबिर एक साथ सन्चालन भएको कार्यक्रमको सभापति एन आर एन ए साउदी अरबका अध्यक्ष डमर कुमार यादवको रहेको थियो ।


कोरोनाका कहर झेलिरहेका आप्रबासी नेपाली कामदारहरुको उद्दार, बहिर्गमन तथा पुनःस्थापनाका लागि एन आर एनले सघनरूपमा सहयोग गर्दै आएको छ । “रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न सक्ने सम्भावित बाटाहरु लाई रोक्नु उत्तम” भने जस्तै आगामी दिनहरूमा यस्ता प्रकृतिका समस्याहरु नआउन भन्ने उदेश्यका साथ एन आर एन ए ले महाबाणिज्य दूतावास र नेपाली राजदुतावास संग सहकार्य गर्दै एउटै मंचमा राखेर श्रमिकहरुलाइ सचेतना गराउनुका साथै अनुभवी नेपाली डाक्टर र स्वास्थकर्मीहरुको टोलि द्वारा स्वास्थ परिक्षण र स्वास्थ सम्बन्धी सचेतना कार्यक्रम एक साथ संचालन गरिएको थियो ।
उक्त कार्यक्रमका सहभागी एनआरएनए आईसीसी मध्यपूर्व सह संयोजक राजेन्द्र अर्याल, एनआरएनए एनसीसी साउदीका अध्यक्ष डमर यादव, उपाध्यक्ष रामबादुर क्षेत्री, महासचिव उमेश भट्टराई,सचीव कृष्ण कुमार श्रेष्ठ र एन आर एन ए संरक्षक राजु सैयदलाई महावाणिज्य दूतावास जेद्धाको तर्फ बाट महावाणिज्यदूत भुवन पौडेलले स्वागत गर्नु भएको थियो ।

साउदीअरबमा कार्यरत नेपाली श्रमिकहरूको समस्या समाधानका लागी नेपाली कुटनितिक नियोगको भुमिकाका र श्रमिकको जिज्ञासा बारे नेपाली राजदुतावास रियादका प्रथम सचीव ऋषि आचार्य, द्वितीय सचिव टिकाराम उपाध्याय र नेपाली महाबाणिज्य दूतावासका महावाणिज्यदूत भुवन पौडेलले कार्यक्रममा उठेका प्रश्नहरूका जवाफ दिनु भएको थियो भने दूतावास र महाबाणिज्य दूतावासले गरिरहेको कामको बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक राजदूत दिलिप कुमार पौड्यलले नेपाली श्रमिकहरूलाई दूतावासले प्रदान गर्ने सेवा तथा सुविधाहरूको बारेमा जानकारी गराउनु हुँदै कोरोनाको विषम परिस्थितिमा एनआरएनए एनसीसी साउदीको सहयोगमा सुरक्षीत आबास गृह, यातायातको ब्यबस्था, बिरामीको औषधि उपचार, स्वदेश फर्कन हबाइ टिकट, आरटी पिसिआर परिक्षण र नेपालको विमान स्थलबाट यातायातको ब्यबस्थापन,काठमाडौमा एकदिने आवास सुबिधा र घर सम्म पुग्न लाग्ने खर्च दिएर धेरै सराहनीय कार्यगरेको भनि प्रसंशा गर्नुभएको थियो भने कार्य बाहक महाबाणिज्यदूत पौडेलले साउदी अरबमा कृयाशिल संस्था एनआरएनए एनसीसी साउदी र कुटनितिक नियोगहरुले प्रदान गर्ने सेवा र कार्ययोजना बारेमा सम्पुर्ण नेपालीहरु लाई सुसूचित गराउनु पर्दछ भन्नुहुदै यो ऐतिहासिक कार्यक्रम संयुक्त रूपमा सन्चालन गर्न पाएकोमा विशेष धन्यवाद दिनु भएको थियो ।


कार्यक्रममा मन्तव्य राख्ने क्रममा महावाणिज्यदूत पौडेलले जेद्धा क्षेत्रमा स्थायी सुरक्षित आवास गृहको ब्यबस्थापनको समेत खुलेर प्रसंशा गर्नुभएको थियो ।सचेतना तथा अन्तर्कृया कार्यक्रममा जेद्दा स्थित संघ संस्थाहरु तमुधी , किरात राई यायोख्खा, हेल्प मधेसी, तामाङ घेदुङ जनजाति महासङ्घ, युवा क्लब, माइती चेली , हातेमालो क्लब, सगरमाथा नेपाली सेवा , सगरमाथा प्रबासी नेपाली समुहका प्रतिनिधि र आप्रवासी नेपालीहरुको बाक्लो उपस्थिति थियो ।


एनआरएनए एनसीसी साउदीका अध्यक्ष डमर कुमार यादवले कामदार हक हितका खातिर संघले बिगतमा झैं आगामी दिनमा पनि लागिरहने प्रतिबद्धता जनाउँदै आगामी दिनमा पनि नेपाली दूतावास र महावाणिज्य दूतावास संग सहकार्य गर्दै अन्य संस्थाहरु संग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता समेत जाहेर गर्नुभएको थियो ।एनआरएनए एनसीसी साउदी जहिले पनि कुटनितिक नियोगहरु संग सहकार्य गर्दै अघि बढ्न संघ सधैं तत्पर रहेको बताउनु भएको थियो । एनआरएनए साउदी संरक्षक राजु सैयदले अहिलेसम्म भए गरेका कार्यहरु प्रति सन्तुष्ट रहेको जनाउदै खुशी व्यक्त गर्नुभएको थियो भने एनसीसी साउदीका उपाध्यक्ष रामबादुर क्षेत्रीले एनसीसी साउदीको साधन श्रोतले भ्याएसम्म सहयोग गरिरहने जनाउनु भएको थियो।उक्त ऐतिहासिक संयुक्त कार्यक्र संघका महासचिव उमेश भट्टराई र राज गिरिले संयुक रूपमा संचालन गर्नु भएको थियो।

Leave a Comment

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.