महावाणिज्यदुतावास जेद्धाको २ दिने घुम्ति सिविर सम्पन्न ।


महावाणिज्यदुतावास जेद्धाको २ दिने घुम्ति सिविर सम्पन्न ।
महावाणिज्यदुतावासले आयोजना गरेको २ दिने राहादानी नविकरण घुम्तिसेवा सफलताको साथ सम्पन्न गरेको छ। घुम्तिसेवा महावाणिज्यदुतावासका श्रम सहचारी प्रेम प्रशाद उपाध्यायको नेतृत्वमा खटिएको टोलि द्वारा संचालन भएको थियो। गैर आवासिय नेपालि संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेबियाले यस कार्यक्रमको लागि सहजीकरणको भूमिका निर्वाह गरेको थियो।

कार्यक्रम साउदी अरेबियाको दक्षिणी क्षेत्रका श्रमिकहरुलाई मध्यनजर गर्दै त्यस वरपर रहेका अभा, खामिस, जिजान, नजरान, बेश, दरब, भिसा तथा अन्य साना साना सहरहरुमा छरिएर रहेका श्रमिकहरुलाई सहयोग पुगोस भन्ने हेतुले आयोजना गरेको थियो। उक्त कार्यक्रम ब १ जुलाई मा अभाखामिस र २ जुलाइमा जिजान गरि २ दिने घुम्ती सेवामा २४८ जना सेवाग्राहिले सेवा लिएका छन्।

उक्त घुम्ति सिविर कार्यक्रमका लागी गैर आवासिय नेपालि संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेबियाका सचिव कृष्ण कुमार श्रेष्ठ र सदस्य केशब सिंह धामीको नेतृत्वमा स्वयम् सेवकहरू खटाइ कार्यक्रम सफल बनाउन सहयोगी भूमिका निभाईएको थियो।

एम आर पी बाट भर्खरै बिध्युतिया राहदानीमा स्थान्तरण गरिएकोले सेवाग्राहीको विवरण संकलन गर्न केहि ढिलाइ भए पनि शान्त वातावरणमा कार्यक्रम सम्पन्न भएकोमा सबै सेवाग्राहीले धन्यबाद ज्ञापन गरेका थिए। टाढा दूरदराजबाट जेद्दा र रियाद नियोगहरुमा धाउनुपर्ने झन्झट र खर्चिलो यात्राबाट आफुहरु मुक्त भएको र आगामी दिनहरुमा पनि यस्तै सहजिकरणका कार्यक्रमहरु होस् भन्ने सेवाग्राही हरुको भनाइ रहेको थियो।

Leave a Comment

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.