एनआरएनए एनसीसी साउदि अरबको १५ औँ वार्षिकोत्सव सम्पन्नः

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदीअरबले २९ जुलाई २०२२, शुक्रवारका दिन आफ्नो १५ औँ वार्षिकोत्सव मनाएको छ। साउदीअरबको राजधानी रियाद स्थित एक सभाहलमा एनआरएनए एनसीसी साउदीअरबका अध्यक्ष डमर कुमार यादवको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो । वार्षिकोत्सव कार्यक्रममा संघका संगठनिक कार्यप्रगती विवरण र आर्थिक प्रतिवेदन प्रस्तुत गरिनुका साथै श्रमिकहरूको समस्याको सुनुवाईका लागी अन्तर्क्रिया कार्यक्रम र विभिन्न सांगीतिक कार्यक्रम भएको थियो ।

कार्यक्रममा आर्थिक प्रतिवेदन संघका कोषाध्यक्ष मनिष कोईराला द्वारा प्रस्तुत गरिएको थियो भने कार्यप्रगती विवरण संघका महासचिव उमेश भट्टराई द्वारा प्रस्तुत गरिएको थियो । वाह्य र आन्तरिक स्रोतहरू परिचालन गरि संघले हालसम्म गरेका बिभिन्न कार्यहरू मध्य सहयोग, उद्धार तथा सहजीकरण लगायतका मुख्य-मुख्य बुंदाहरू समेटि सांगठानिक प्रतिवेदनमा तयार गरिएको थियो ।

बाह्य स्रोत अन्तर्गत कोरोना महामारीका दौरान संघद्वारा संचालन भएका अस्थायी आवास गृहहरू क्रमशः दम्माम, रियाद र जेद्धालाइ निरन्तरता दिदै बिभिन्न समस्यामा परेका नेपाली श्रमिकहरूका लागि सेल्टर दिने कार्य जारी राखिएको छ | जसबाट हालसम्ममा २ सय ३१ जना भन्दा बढीले लाभ लिएका छन् भने कोरोना प्रभावितहरु मध्ये स्वदेश फर्किन असमर्थ भएकाहरु ४४ जना पुरुष र ११ जना महिला गरी ५५ जना नेपाली श्रमिकहरुलाई हवाई टिकट उपलब्ध गराई स्वदेश फिर्ता पठाईएको छ । त्यसैगरि स्वदेश फर्किएकाहरु मध्ये विमान स्थल काठमाडौँ देखी घरसम्म जान १० जनालाई संघले यातायात सेवा प्रदान गरिएको गरिएको छ ।

कोरोना महामारीका दौरान अस्थायी आवास बाहिर विभिन्न स्थानहरुमा रहेका १ सय ६० जना नेपाली श्रमिकहरुलाई खाद्यान्न सामग्री वितरण गरिएको र यसै अवधिमा ३८ जना नेपाली श्रमिकहरूलाई PCR परीक्षण सेवा उपलब्ध गराईएको थियो । यसका साथै साउदी सरकारी ऐन तथा कानुनको उलंघन गरी विभिन्न समस्यामा परेका ५ जना नेपाली श्रमिकहरूलाई सरकारी जरिवाना भुक्तान गरी बहिर्गमन भिषा समेत उपलब्ध गराइएको छ । यसैगरि साउदीअरबको दम्माम, जुवेल, अलकासिम, हायल र जेद्ध गरी ५ स्थानहरुमा हेल्थ क्याम्पिङ गर्दै नेपाली श्रमिकहरूको निःशुल्क स्वास्थ्य परिक्षण तथा स्वास्थ्य सचेतना कार्यक्रमहरु सञ्चालन गरिएको थियोे जसबाट ६ सय ७२ जना नेपाली श्रमिकहरूले सेवाको लाभ लिएका थिए ।

संघ र नेपाली नियोगहरूको संयुक्त सहकार्यमा साउदी अरबको पूर्वी क्षेत्रमा ४, अलकासिममा १, जिजान/आवाहमा २ ताबुकमा १ गरी ८ वटा राहदानी सहजिकरण शिविर सञ्चालन गरिएको थियोे जसबाट ३ हजार ३ सय ५८ जना नेपाली श्रमिकहरूले लाभ उठाएका थिए । त्यसैगरी “एक एनसीसी एक परियोजना” अन्तर्गत सिराहा जिल्ला विष्णुपुर गाउँपालिका वडा नम्बर १ र ४ स्थित रहेको सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई aama foundation USA र एनसिसी साउदी अरबको संयुक्त पहलमा २ लाख २० हजार बराबरको शैक्षिक सामग्री र पोशाक वितरण गरिएको थियो ।

आन्तरिक स्रोत परिचालन गरी साउदि अरबमा दुःखद मृत्युबरण गरेका एनआरएनए पञ्जिकृत सदस्यहरू रविन्द्र थापा (SA0200472), चित्रबहादुर गुरुङ (SA070002009) र धनपति माझी (SA04000104) को परिवारलाइ संघको विधानतः जनही नेपाली रुः ५० हजार सहयोग रकम हस्तान्तरण गरिएको छ भने विभिन्न समस्यामा परी हवाई टिकटको आभावमा नेपाल फर्किन प्रतिक्षारत १० जना महिला र २ जना पुरुष गरी जम्मा १२ जनालाई हवाई टिकट उपलब्ध गराइएको छ ।

यसैगरि संघले साउदी अरबको पूर्वी क्षेत्र दम्माममा नेपाली राजदूतावास रियाद र एनआरएनए एनसीसी साउदी अरबको संयुक्त सहकार्यमा संचालन गरिएको श्रमिक सचेतना कार्यक्रमबाट ६ सय २३ जना श्रमिकहरुले लाभ प्राप्त गरेका थिए भने संघको आन्तरिक स्रोत बाटै नेपाली महावाणिज्य दूतावास जेद्धा र एनआरएनए साउदी अरबको संयुक्त सहकार्यमा साउदी अरबको अबाह र जिजानमा एक/एक गरी २ वटा राहदानी सहजीकरण कार्यक्रम सम्पन्न गरिएको थियो, जसबाट २ सय ४८ जना नेपाली कामदारहरु लाभान्वित भएका थिए।

उपाध्यक्ष रबिना अर्याल संयोजक रहेको लेभर टास्क फोर्स समिति र नेपाली नियोगहरु सँगको समन्वय र सहकार्यमा संघले विभिन्न समस्यामा परेका नेपाली श्रमिकहरूको उद्दार तथा पैरबी पहल गरिएको छ । यसका अलावा एनसीसी साउदीअरब द्वारा संचालित श्रमिक अस्थायी आवसीय गृहमा रहेका १ सय २२ जना पीडित नेपाली कामदारहरुलाई खाद्यान्नको व्यवस्थापन गरिनुका साथै अस्थायी आवास बाहिर रहेका ४९ जना पीडितहरूलाई खाद्यन्न सहयोग गरिएको छ । त्यसैगरी खेलकुदमा एनआरएनएको सहभागिता अन्तर्गत एनसिसी साउदी अन्तर्गत रहेका RCC र LCC हरूले नेपाली खेलाडीहरूको खेलकुदलाई प्रवर्धन गर्ने उद्देश्य अनुरुप साउदीको पूर्वी प्रान्तका दम्माम र कतिफमा एक/एक गरी दुई वटा भलिबल प्रतियोगिताहरु सम्पन्न गरिएको थियो ।

संघको वार्षिकउत्सव कार्यक्रममा क्षेत्रिय समन्वय समिति दम्मामका अध्यक्ष विष्णु भण्डारी, अलकासिमका उपाध्यक्ष काजिमान कान्धाङ्वा र जेद्धाका सचिव चिरञ्जीवी बस्नेतले आआफ्नो सांगठनिक प्रगति प्रस्तुत गरिएको थियो भने सोही कार्यक्रममा अल अविर ईन्टर्नेशनल मेडिकल सेन्टरले निःशुल्क स्वास्थ्य शिविर संचालन गेको थियो, जस बाट कार्यक्रममा उपस्थित नेपाली नागरिकहरूले स्वास्थ्य परि़क्षणको लाभ लिएका थिए ।

वार्षिकोत्सब समारोह कार्यक्रमका दौरान नेपाली श्रमिकहरुसँग सम्बन्धित अन्तरकृयात्मक कार्यक्रम पनि संचालन गरिएको थियो। सोही चरणमा हलमा सहभागीहरु मध्येबाट विभिन्न ८ वटा शिर्षकमा श्रमिक गुनासा र समस्याहरुका बारेमा प्रतिनिधि जिज्ञासा राखिएको थियो । स‍ोहि चरणमा उठेका जिज्ञासा र गुनासाहरुलाइ नेपाली दूतावास रियादका श्रम काउन्सिलर देवेन्द्र कार्की, प्रथम सचिव ऋषि आचार्य, द्वितीय सचिव टिकाराम तिमलसीना लगायत नेपाली नियोगका प्रतिनिधिहरुले सम्बोधन गरिएको थियो । वहाहरुले विशेषगरी पछिल्लो समयमा नेपाली श्रमिकहरुले भोगि रहेका समस्या, समाधानका पहल र निराकरणका लागी नेपाली राजदुतावासले खेलेको भूमिकाका बारेमा प्रस्ट्याईएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाली दूतावास रियादका लागी कार्यवाहक राजदूत दिलिप कुमार पौडेल संगै विशिष्ट अतिथिको रूपमा दूतावासका श्रम सहचारी देवेन्द्र कार्की, प्रथम सचिव ऋषि आचार्य, द्वितीय सचिव टिकाराम उपाध्याय र नेपाली दूतावासका पूर्वी प्रान्तिय जनसंपर्क अधिकारी तथा एनसिसि साउदिका संरक्षक नारायण पासवानको उपस्थिती रहेको थियो । विशिष्ठ अतिथि कै रूपमा एनआरएनए आईसीसीका महिला उपाध्यक्ष यास्मिन वैगम, मध्यपूर्व संयोजक राजेन्द्र अर्याल, आईसीसी सदस्य एवम् निवर्तमान एनसिसि साउदिका अध्यक्ष तथा बर्तमान प्रमुख सल्लाहकार तेज थापा, संस्थापक महासचिव बिलम गौतम, संस्थापक कोषाध्यक्ष छुटु थापा, संस्थापक बिरेन्द्र कुमार चौधरी तथा ओम घले, सल्लाहकार रामदुलाल मण्डल, अमृत पौडेल र पूर्व एनसीसी उपाध्यक्ष विशाल श्रेष्ठ लगायएतको समुपस्थिति रहेका थियो । यसैगरि एनआरएनए एनसीसी साउदीअरबका राष्ट्रीय, क्षेत्रिय र स्थानीय तहका पदाधिकारीहरू सहित साउदीमा क्रियाशील विभिन्न राजनीतिक र सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, व्यवसायी तथा वुद्धिजीवीहरू र विभिन्न संचार क्षेत्रमा आवद्ध संचारकर्मीहरूको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रमलाई व्यक्तिगत रूपमा एनआरएनए आईसीसी उपाध्यक्ष द्वय आर.के. शर्मा, महेश श्रेष्ठ, युवा उपाध्यक्ष द्वय राज रेग्मी, रोशन थापा, व्यवसायीहरू राम परियार र रोशन थापा मगरले प्राजोजन गरेका थिए भने ग्लोबल आईएमई Money Transfer, City Express Money Transfer, IME MONEY TRANSFER,TeleMoney,
World Travel, Himalaya Travel and Tours – Transportation, GMIC ग्रुप, पृथ्वी रेमिट, गन्तव्य नेपाल, होटल गोर्खा, कुमारी रेमिट, भर्जिन/फ्रेन्डी मोवाईल, प्रवासी नेपाली समाज हाईल, साझा मन्च पारिवारिक समाज, पारिवारिक समाज महिला समुह, अलमराई कम्पनी र नेपाल ईन्भेस्टमेन्ट बैंकले संस्थागत प्रायोजन गरिएको थियो।

कार्यक्रम संघका महासचिव उमेश भट्टराई तथा प्रबक्ता शुक्र मोक्तानले संयुक्त रूपमा संचालन गरेका थिए।

Leave a Comment

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.