23 November 2010
अनुराधा बधाई तिम्लाई खुशी छायौ एउटासगरमाथा जस्तै उच्च गान गायौ एउटा !
जन्माएकी रहिछौ आमा रोए देश हसाउँने भृकुटी र सिता जस्तै नाम लियौ एउटा ! छैन अझै हाम्रो देशमा ति नारीको अस्तित्व क्यै लाखौ नारी अघि बढ्ने प्रेरणा ल्यायौ एउटा ! सुख शान्ति छैन कतै करोडौ ति नेपालीको शान्तिको दिप् जलाउन आँट पायौ एउटा ! बिकृति र विसंगति देशका सबै हटाउँन साहस बोक्ने नेपालीको तिमी आयौ एउटा ! दु;खी बालक असाहय नारी माथि उद्धार गर्दै देश कै ठुलो समाज सेवी आमा भयौ एउटा ! कति हर्ष बिभोर बन्यौ झण्डा फहराउँदा गौरव बढाई आफ्नै देशको पहिचान दियौ एउटा ! अनुराधा बधाई तिम्लाई खुशी छायौ एउटा सगरमाथा जस्तै उच्च गान गायौ एउटा ! लेखिका ; सुमित्रा पौडेल भरतपुर चितवन हाल ; इजरायल २०१०/११/२३ |
अनुराधा दिदीको बारेमा यति शुन्दर कविता लेखेकोमा सुमित्रा जी लाई धेरै धेरै धन्यवाद