सुरेन्द्र पौडेल, काठमाडौं, जेठ ८- आफूलाई ‘अपएभरेस्ट’ बताउने समूहले सरकारको आधिकारिक वेबसाइट (nepalgov.gov.np) ह्याक गरेको छ। विज्ञान तथा प्रविधि मन्त्रालयले भने सरकारी आधिकारीक वेबसाइट ह्याक नभई आक्रमण गर्ने प्रयासमात्र भएको जनाएको छ।
नेपालको सामाजिक र राजनीतिक अन्योल तथा अव्यव्स्था र भ्रष्टाचारप्रति सरकारको ध्यानाकर्षण गराउन वेबसाइट ह्याक गरेको अपएभरेस्टले जनाएको छ।
यसको होस्टिङ विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआइटिसी) ले गर्दै आएको छ।
‘आक्रमण भएको थाहा पाउनेबित्तिकै हामीले वेबसाइट बन्द गर्न लगाएका छौं,’ मन्त्रालय स्रोतले भन्यो, ‘ह्याक भएको हो वा होइन भन्ने सोमबारसम्म यकिन हुन्छ। अहिले आक्रमण गर्नेको खोजी भइरहेको छ।’
नेपालभित्रकै प्रविधिसँग निकट रहेको समूहले वेबसाइट आक्रमण गरेको स्रोतको दाबी छ।
‘आक्रमण भएको दुई दिनसम्म हामीले वेबसाइट बन्द गरेका थिएनौं। वेबसाइटमा भएका डाटामा क्षति पुग्ने देखिएपछि सुरक्षित राख्न केही दिन बन्द गरिएको हो,’ स्रोतले भन्यो, ‘हाम्रो वेबमा कमजोरी भएर नै आक्रमण भएको हो। कमजोरी पहिचान गरी वेबलाई सुरक्षित बनाउने प्रयास गर्दैछौं।’
सर्भरको पासवर्ड सुरक्षित हुँदाहुँदै वेबसाइटमा आक्रमण भएको स्रोत बताउँछ। ‘कोड लेभल’को कमजोरीले वेबसाइटमा आक्रमण भएको हुनसक्ने स्रोतको अनुमान छ।
मेरो कम्पनिको इमेल सिस्टम पनि ह्याक भयो …… कसले गरेको थाहा भएन ….. कसरि पत्ता लगाउने हो ?