Menu

थप ३ म्यानपावरलाई कारबाही सिफारिस

२६ मे २०११

कतारस्थित दूतावासले नेपाली कामदार ठगी गर्ने म्यानपार तथा दलाललाई कारबाही सिफारिस गर्न छोड्छ न त कारबाही गर्नुपर्ने निकाय वैदेशिक रोजगार विभागले कारबाही गर्‍यो भन्ने सुन्न नै आएको छ ।
कारबाही सिफारिस गर्ने दूतावास टाढा छ । कामदार ठग्ने म्यानपावर एजेन्सी मन्त्रालयहरूको काखैमा छन् । दूतावासले सिफारिस पठाउँदै गर्छ, विभागले थन्क्याउँदै लैजान्छ, कारबाही अगाडि बढाउँदैन । लामो समयदेखि यस्तै हुँदै आएको छ ।
श्रम मन्त्रालय र वैदेशिक रोजगार
विभागले सिफारिस गरेका म्यानपावरउपर छानबिन र कारबाही प्रक्रिया अगाडि नबढाए पनि दूतावासले प्रमाणसहित सिफारिस गर्न छोडेको छैन । गत हप्ता ८ म्यानपावरलाई कारबाही सिफारिस गरेको दूतावासले जेठ ३ गते थप ३ म्यानपावरलाई कारबाहीको लागि परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय तथा वैदेशिक रोजगार विभागमा सिफारिसपत्र पठाएको छ । कारोबार रोक्का राखी कारबाही गर्न सिफारिस गरिएका म्यानपावरहरूमा फोकस नेपाल ओभरसिज प्रालि सिनामंगल काठमाडौं, अनमोल ओभरसिज चुच्चेपाटी काठमाडौं र जबसर्च प्रालि पानीपोखरी काठमाडौं छन् ।
यी म्यानपावरहरूले नेपाल सरकारले २०६७ वैशाख २७ गते राजपत्रमा प्रकाशित गरेको कतारको न्यूनतम पारिश्रमिकभन्दा कम तलबमा पठाउने, एउटा कम्पनीको भिसामा अर्कै कम्पनीको नक्कली श्रम सम्झौता बनाएर पठाउने, एउटा कामको आश्वासन दिएर अर्कै काममा पठाउने, निःशुल्क प्राप्त भिसालाई लाखभन्दा बढी असुल गर्ने, नेपाल सरकारको उपस्थिति र सहज पहुँच भएको स्थानमा समेत सरकारलाई अविश्वास गरी नियोगभन्दा बाहिरबाट मागपत्र लगी नियोगमार्फत सरकारलाई प्राप्त हुनुपर्ने प्रतिमागपत्र ३ सय ९० कतारी रियाल राजस्व प्राप्त गर्नबाट वञ्चित गराउने उक्त थप ३ म्यानपावर कम्पनीहरूलाई कारबाहीका लागि दूतावासले सिफारिस गरेको हो ।
वैदेशिक रोजगार विभागको २०६७ पुस २१ को निर्णयअनुसार लट नं.३५०२६९ चनं. १२५१३ स्टिकर नं. २०२१५० देखि २०२१५४ बाट फोकस नेपाल ओभरसिज प्रालि सिनामंगललाई ५ जना कामदार कतार पठाउन अन्तिम स्वीकृति दिएको थियो । विभागबाट अन्तिम स्वीकृति लिएपछि उक्त म्यानपावरले कामदारलाई ८ घन्टा काम १ हजार रियाल तलब र २ सय रियाल खानाको पैसा दिन्छ भन्दै जनही १ लाख असुल गरी पठाएको थियो ।
कामदारलाई काठमाडौं विमानस्थलको अध्यागमन पार गराई एउटा कम्पनीको भिसा र अर्कै कम्पनीको श्रम सम्झौता थमाई कतारको कम्पनीको फोन नं. समेत नदिई दोहा विमानस्थलमा जसले बोलाउँछ उसैसँग जानु भनी पठाएको थियो । म्यानपावरको एजेन्टले भनेबमोजिम दोहा विमानस्थलमा कम्पनीको मान्छे लिन त आयो तर उसले अर्कै कम्पनीको क्याम्पमा लगेर राख्यो ।
भनेबमोजिमको तलब पनि नदिने र काम पनि लेबरको लगाउन थलेपछि आफू ठगिएको थाहा पाएर पीडितमध्येका नारायण सुवेदी दूतावासमा न्याय माग्न आएका थिए ।
दूतावासले वास्तबिकता बुझ्दा भिसा दिने कम्पनी र कामदार पठाउने फोकस नेपाल ओभरसिजको मिलेमतोमा नेपाल सरकारलाई समेत झुक्याई नक्कली श्रम सम्झौता तयार गरी सोझा नेपालीलाई ठगेकाले कारबाही सिफारिस गरेको बताएको छ ।
त्यसैगरी अनमोल ओभरसिजले बैरो बिभागको २०६७ पुस २० को निर्णय, लट नं.३४०२९ चनं. १३५२७ स्टिकर नं. २००८८५ देखि २००९४४ बाट ६० जना कामदारको अन्तिम स्वीकृति निकाली फोकस म्यानपावरकै शैलीमा ठगिएका मध्ये पीडित पुष्प महर्जन दूतावासमा न्याय खोज्दै आएका छन् । कारबाही सिफारिस गरिएको अर्को म्यानपावर जबसर्च प्रालिले बैरो बिभागको २०६७ फागुन १० को निर्णयबमोजिम लट नं ३५८७२ चनं.१८२६६ स्टिकर नं.२४९७४४ देखि २४९७५१ बाट ८ जनाको अन्तिम स्वीकृति निकाली उल्लेखित म्यानपावरहरूले जस्तै एउटै प्रकृतिले ठगिएका मध्ये लवाङ दर्जी शेर्पा र वीरध्वज वाइवा दूतावासमा न्याय माग्न आएका हुन् ।
यसैवीच, क्रियटिभ प्लेसमेण्टले कतार पठाएर अलत्रप परेका पांच कामदारलाई घर फिर्तिको लागि हवाई टीकट पठाएको छ । ती कामदारहरु दुतावासको आश्रयस्थलमा छन् । यसअघि उनीहरू आएको कम्पनीले काम छैन भन्दै उनीहरूलाई राति क्याम्पबाट निकालेर सडकमा ल्याएर छोडिदिएको थियो । कम्पनीले उनीहरूलाई भागेको आरोप लगाएर पासपोर्ट यहाँको सीईआईडी कार्यालयमा बुझाएको छ । दूतावासले कानुनी प्रक्रिया पूरा भएपछि उनीहरूलाई घर पठाउने बताएको छ ।
सोझा नेपालीलाई ठगी गर्ने म्यानपावर एजेन्सीहरूलाई वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम दूतावासले कारवाही सिफारिस गरेको छ । पछिल्लोपटक कारबाहीको लागि सिफारिस गरेको म्यानपावर एजेन्सीको संख्या ३४ पुगेको छ । दूतावासले म्यानपावर एजेन्सीलाई कारबाही गरेको जानकारी आफूलाई नआएको जनाएको छ ।

1 thought on “थप ३ म्यानपावरलाई कारबाही सिफारिस”

  1. नमस्ते मित्र समाचार त बनाउनु भयो ? तर अब जसलाई राजदूताबासले कारबाही गर्न सिफरिश गर्छ मन्त्रीले उसैलाई पुरस्कर दिने चलन छ नेपालमा अब ३ जनालाई ३ लाख जनेभो हाम्रो पैसा त्यसमा पो दुखछ त मलाई हा हा हा हा हा

    महेश
    मल्ल साउदी

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.