Menu

मृगौला रोगबाट बच्न प्रोटिनयूक्त खाना कम खानु पर्दछ

३ जुन २०११

डा. उत्तम शर्मा

वि स २०१९ सालमा पिता दाताराम शर्मा र माता राधिका शर्माको सन्तानको रुपमा जन्मनु भएका डा  उत्तम शर्मा सन् १९९९ देखि महाराजगन्जस्थित त्रि वि शिक्षण अस्पतालमा बरिष्ठ युरोलोजिस्ट र मृगौला विशेषज्ञका रुपमा कार्यरत हुनुहुन्छ । उहाँ त्रि वि शिक्षण अस्पतालमा  Associate Professor का रुपमासमेत कार्यरत हुनुहुन्छ ।
हाईस्कुलको शिक्षा झापाको बिर्तामोडबाट गरी सन् १९८५ मा बंगालादेशको चटगाउँबाट  MBBS र त्रि वि  Institute of Medicine af6  Master of Surgery  बाट: क्याम्पसबाट Master of Surgery  गर्नुभएका डा शर्माले सन् २००५ मा Singapore National University Hospital af6 Fellowship in Urology and Kidney Transplantation समेत पाउनु भएको छ । उहाँसँग सह-सोलिडारिटीका सम्पादक किशोर सेढाईले गर्नुभएको कुराकानी :
मृगौला रोग भनेको के हो यस रोगका लक्षणहरु के के हुन ?
साधारण भाषामा मृगौलामा ढुंगा बन्यो मृगौला फुलेर आयो मृगौलाले पिसाब छान्न छोड्यो भने हामी डाक्टरी भाषामा मृगौला रोग भएको बुझ्छौं ।
यसका लक्षणहरुमा पिसाबको धारो कमजोर हुनु, चाँडो चाँडो पिसाब लाग्नु, पिसाव फेर्दा पिसावमा रगत देखिनु, पिसाब बढी लाग्नु, पिसाब पोल्ने पिसाव गर्दा पिसाब नै नआउने पिसाव गरे पनि पिसाब बाँकी रहने, कसै कसैलाई पिसाबनै नलाग्ने, मृगौलाले पिसाबनै नवनाउने देखापर्दछ । 
प्रोस्टेडको पिसाव ग्रन्थीको समस्याले पनि मृगौलामा असर पर्छ त ?
पुरुष ग्रन्थी पिसाब आउने बाटोको वरिपरि बसेको हुन्छ । पिसाव लागेपछि यो अलिक खुकुलो हुन्छ र आफ्नो ठाउँ पाए पछि यो खुल्छ र सजिलै पिसाब आँउछ । तर पुरुष ग्रन्थी बढ्यो पिसाबको धारो कम हुन थाल्यो राती धेरै पटक पिसाब फेर्न जानु पन्यो पिसाब गर्दा पिसाव कम्ति आउन थाल्यो भने यी पोस्टेडका लक्षणहरु हुन । त्यसको उपचार समयमै भएन भने पुरुष ग्रन्थीले काम गर्न छाड्छ । पिसाब थैलीमै पिसाब बाँकी राख्छ । थैलीमा पिसाब जम्मा हँदाहुँदा त्यसको प्रेशर बढ्दै जान्छ र परिणामस्वरुप दुईवटै मृगौलाले काम गर्न छाडनेस्थिति आउँछ । त्यो 
अवस्थालाई हामी मेडिकल भाषामा Renal Failure भन्छौ ।
मृगौला रोगलाई मेडिकल साइन्सले दुई भागमा बाँडेको छ पहिलो फिजिसियनले हेर्ने रोग र दोस्रो सर्जनले हेर्ने खालका रोग ।
सर्जनले हेर्ने खालका रोगमा मृगौलामा पत्थरी, मृगौलामा टी बी को रोगहरु मृगौला बिगारेको मृगौलाबाट आउने बाटो अवरोध गर्ने ।
किटाणुहरुले आक्रमण गरेको मृगौलामा रगत जमेको मृगौलाले काम गर्न छोडेको अवस्था यस्ता खालका रोगीहरुलाई Nephrology, Kidney Physician ले हेर्ने गर्छन् ।
हामी भनेको यूरोलोजिस्ट मृगौलाको चिरफार मृगौलामा ढुंगा बन्यो अवरोध भयो मृगौला फुलेर आयो भने हेर्छौ । 
मृगौलामा पत्थरी कसरी हुन्छ ?
यो एकदमै गहन प्रश्न हो । यस विषयमा अहिले पनि संसारभर गहन खोजी भईरहेको छ । धेरै व्यक्तिले यो विषयमा अध्ययन अनुसन्धानमा धेरै समय बिताएका छन् । विशेष गरेर हाम्रो शरीरमा पानीको मात्रा कम भयो मृगौलामा संक्रमण भयो भने त्यहाँ क्याल्सियम जमेर ब्याक्टेरिया उत्पन्न हुन्छ त्यसले केमीकललाई निमन्त्रणा गर्छ र ढुंगा बन्दछ । अर्को कुरा एकदमै गर्मी ठाउँमा बस्ने व्यक्तिमा जो पानी पर्याप्त मात्रामा पिउँदैन फलफूल र सागसब्जी सेवन गर्दैन प्रोटनयुक्त खाना माछा मासु अत्याधिक सेवन गर्ने व्यक्तिमा मृगौलामा ढुंगा बन्ने सम्भावना बढी हुन्छ । तर एउटा मृगौलामा ढुंगा बन्छ अर्कोमा बन्दैन यसको कारणबारे पनि अहिले मेडिकल विज्ञानले खोजी गरिरहेको छ । 
सामान्य मृगौला रोगीले दैनिकी जीवनमा ख्याल गर्नुपर्ने कुराहरु के के हुन  ?
आफ्नो रोग बारे डाक्टरसँग नियमित जानकारी लिने, डाक्टरको सल्लाहविना कुनै औषधी नखाने, पर्याप्त पानी पिउने, आफ्नो शरीरलाई चाहिने भन्दा बढी प्रोटिनयुक्त खाना, माछा ,रातो मासु, गेडागुडी बढी खान हुँदैन । किनकि शरीरमा प्रोटिनको मात्रा बढी भयो भने मृगौलाले धान्न सक्दैन र मृगौलामा समस्या आउन सक्छ ।

नेपालमा मृगौला रोगीको संख्या निकै बढेको पाइन्छ कारण के होला  ?
नेपालमा पनि विश्वको ट्रेन्डसँगै मानिसहरुको खानपिन दिनचर्या फेरिदैं गएको छ । घरको खाना भन्दा फास्ट फुड बढी खानु, पर्याप्त मात्रामा शारीरिक व्यायाम नगर्नु, खानपिनमा ध्यान नदिनु, मृगौला बिग्रने प्रमुख कारण मध्ये एक हो । त्यसैगरी विशेष गरेर दुःखाई कम हुने बढी औषधीको सेवनले पनि मृगौलामा समस्या हुन सक्दछ । 
यस्तो रोग लाग्न नदिन अपनाउनु पर्ने सतर्कता के होला ?
हरेक ६ महिनामा मृगौलाको नियमित जाँच गर्नुपर्छ । डाक्टरको सल्लाहविना कुनै औषधी सेवन गर्नुहुँदैन । उच्च रक्तचाप र डाइबेटिज भएको व्यक्तिले नियमित उपचार र फलोअफमा रह्यौं भने यसवाट बच्न सकिन्छ । 
मृगौला प्रत्यारोपण कस्तो विधि हो र कस्ता रोगीहरुले यो विधि अपनाउन सक्छन्  ?
हाई ब्लड प्रेशरले हाई डाइबेडिजले मृगौलामा पत्थरी भएर बढी औषधी सेवनले मृगौलामा अवरोध भएका रोगीहरुलाई एक स्वस्थ्य व्यक्तिको मृगौला प्रत्यारोपण गरेर बचाउन सकिन्छ । 
मृगौला दान गर्ने व्यक्तिको स्वास्थ्यमा पछि समस्या पर्छ भनिन्छ नि यसको बारेमा केहि बताईदिनु हुन्छ की  ?
मृगौला दान एकदमै पुण्यको काम हो । यो भन्दा ठूलो धर्म संसारमा कुनै छैन । हाम्रो जीवन धान्न एउटा मृगौला नै पर्याप्त छ । कसैको दुइवटा नै मृगौला खराव भयो भने त्यो व्यक्तिलाई स्वस्थ्य व्यक्तिको एउटा मृगौला प्रत्यारोपण गरेर बचाउन सकिन्छ । तर त्यस्तो मृगौला दान दिने व्यक्ति आफन्त वा नजिककॊ व्यक्ति हुन जरुरी छ । यसले मृगौला दिने व्यक्तिको 
स्वास्थ्यमा कुनै असर पार्दैन । 
मृगौला प्रत्यारोपण गर्ने विदेशमा भन्दा नेपालमा सस्तो छ भनिन्छ । यो कसरी सम्भव छ नेपालमै मृगौला प्रत्यारोपण हुन थाले पनि उपचारको लागि अन्य देशमा किन जान्छन्  ?
सन् २००८ को अगष्ट ८ बाट त्रि वि अस्पतालमा अष्ट्रेलियाका  Prof. Dr.  David Francis र म लगायतका सर्जनहरुको एक टोलीले मृगौलाको सफल प्रत्यारोपण गरेको थियो । नेपालमा एउटा मृगौला प्रत्यारोपण गर्दा औषधी र अन्य खर्चसहित  तीन लाख पचास हजार रुपैया लाग्न सक्छ । पछि रोगीले महिनाको बीस हजारदेखि पच्चिस हजारको औषधी नियमित खानुपर्छ । 
विदेशमा जाने कारणमा यहाँ समय मिलाउन गाहो हुने र कुर्नु पर्ने हुँदा मानिसहरु छिटोको लागि विदेश जाने गर्छन् ।
मृगौला प्रत्यारोपण सहजीकरण गर्न सरकारले के गर्न सक्छ यहाँको सुझाव केही छ की ?
मेरो विचारमा सरकारले मृगौला रोगीहरुको तथ्याङ्क राख्नुपर् यो । मेडिकल सहायता स्वरुप औषधीमा सहुलियत दिई एउटा ट्रस्ट्र खडा गरी सरकारले सहयोग गर्न सक्छ । 
विदेशमा रहेका नेपाली विशेषत: खाडीमा ५० डिग्रीको तातोमा काम गर्नेलाई मृगौला बचाउन कस्ता सुझाव दिनुहुन्छ ? 
राम्रो प्रश्न । अहिले अस्पतालको रेकर्ड हेर्दा ५० प्रतिशत मृगौला पीडित खाडी राष्ट्रबाट फर्किएका व्यक्तिहरु देखिएका छन् । त्यसैले म खाडी राष्ट्रमा काम गर्ने व्यक्तिहरुलाई हरेक तीन-तीन महिनामा मृगौलाको नियमित जाँच गराउन सुझाव दिन्छु । यो सँगै पर्याप्त मात्रामा पानी पिउन हरियो सागसब्जी र फलफूलको सेवन गर्न पनि अनुरोध गर्दछु । 
अन्तमा यहाँको सुझाव केही छ की  ?
अहिलेको परिप्रेक्ष्यमा यो एक जटिल  रोगसँगै सामान्य रोग हो । हामीले समयमै यसको उपचार तथा नियमित चेक जाँच गर् यौ र खानपिनमा ध्यान दियौं नियमित
शारीरिक व्यायाम गर् यौं भने हाम्रो मृगौला स्वस्थ्य रहन सक्छ । म विदेश जानुअघि हरव्यक्तिलाई एकपटक आफनो मृगौलाको चेक जाँच गरेर मात्र जान सुझाव दिन्छु ।

साभारः एक्यबद्धता

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.