Menu

निशा मिश्रलाई एनआरएनए–एनसीसी कतारको तर्फबाट आर्थिक सहयोग !

१८ जुलाई २०११
NRNA-NCC कतार

आर्थिक अवस्था कमजोर भएकी झापा निवासी निशा मिश्रलाई एनआरएनए–एनसीसी कतारको तर्फबाट सहयोग रकम हस्तान्तरण गरिएको छ। यूवा समाजसेवी लक्ष्मण खतिवडाको बिशेष अनुरोधमा हालै कुल नेपाली रुपैयाँ असी हजार एकमुष्ट रकम हस्तान्तरण गरिएको छ। उक्त रकम मध्ये एनसीसी कतारको तर्फबाट साठी हजार चार सय असी हस्तान्तरण गरिएको हो। वैदेशिक रोजगारको शिलसिलामा ८ महिना अगाडि कतार आएकी निशा मिश्र बिमारी परे पछि हमाद अस्पतालमा भर्ना भएकी थिईन्। परिक्षणको क्रममा उनको मुटुमा समस्या देखिएकोले डाक्टरले नेपाल लान सिफारिस गरेको थियो र दुई महिना अघि उनि नेपाल फर्किसकेकी छिन्। आर्थिक अवस्था कमजोर भएकी निशा मिश्रको उपाचारार्थ र उनको सात वर्षे छोराको लालन पालनमा सहयोग मिलोस् भनि एनसीसी कतारले आफनो तेश्रो तथा अन्तिम परिषद भेलामा आर्थिक सहयोगको अपिल गरेको थियो। उक्त परिषद भेलामा उपस्थित परिषद सदस्यहरुबाट संकलित रकम निशा मिश्रको सहयोगको लागि सक्रिय लक्ष्मण खतिवडाको सल्लाह अनुसार आज सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको एनसीसीले जनाएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.