Menu

बैदेशिक रोजगारीमा जान एकै महिनामा ३ अर्ब खर्च

२३ अगस्त २०११

साउनमा मात्र करिव ३ अर्ब रुपैयाँ खर्च ४५ हजार नेपाली बिदेश गएका छन् । बिदेश जानलाई लाग्ने राहदानी शुल्क, भिषा शुल्क, टिकट लगायतमा खर्च प्रतिब्यक्ति गरिक १ लाख रुपैयाँ हुने भन्दै आजको अभियान दैनिकले साउनमा मात्र ३ अर्ब खर्च गरेर नेपालीहरु बिदेशको समाचार छापेको छ ।

साउन महिनामा बिदेश जानको संख्या अहिलेसम्मकै उच्च देखिएपनि सरकारले पुनः श्रम स्वीकृति लिनुपर्ने प्राबधानका कारण धेरै देखिएको समाचारमा उल्लेख छ । पहिले बिदेश गएर घर बिदामा आएका करिव १५ हजार नेपाली पुनः काममा फर्किएका हुन् । यो संख्यासमेत जोड्दामात्रै साउनमा बिदेश जानेको संख्या ४५ हजार पुगेको हो । बिभागले नयाँ तथा दोस्रोपटक काममा जानेहरुको फरक फरक तथ्याङ्क नराख्दा भ्रम सिर्जना भएको नेपाल बैदेशिक रोजगार ब्यबसायी संघका महासचिव कुमुद खनालले बताए ।

वैदेशिक रोजगार बिभागका महानिर्देशक लालबाबु कवारीले नयाँ श्रम स्वीकृति लिएर जानेको संख्या पहिलेको भन्दा कम रहेको स्वीकार गर्दै केही समयपछि छुट्टाछुट्टै तथ्याङ्क राख्ने काम हुने वताए ।

रोजगार मञ्चबाट

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.