Menu

राजदूत र स्थानिय नेपाली समुदायका बिच भेटवार्ता

२५ नोभेम्बर २०११

राम बहादुर बस्नेत

सदस्य, एनआरएनए साउदी अरब

साउदी अरबका लागि नेपाली राजदूत उदयराज पाण्डेयज्युले हफर अल बातेनको नेपाली समुदायसंग प्रत्यक्ष स्थलगत भेटवार्ता गर्नुभएको छ । राजधानी रियादबाट ५०० कि.मी.को दूरीमा अवस्थित यो शहरका नेपालीहरूले लामो समयदेखि दूतावासको भ्रमणको माग गरिरहेका थिए । स्थानिय कल्याणकारी नौलो नेपाली संघको पहलमा आज शुक्रबार (२५ नोभेम्बरमा) आयोजित यो बिशेष भला कुसारी तथा अन्तरकृयामा स्थानिय ८७ जना नेपाली कामदारहरू सरिक भएका थिए । यस अघि बुधबार नै महामहिमज्युले हफर अल बातेनका गभर्नरसंग भेटवार्ता गरी स्थानिय जेल भिजिट पनि गर्नुभएको थियो । खासगरी हफर अल बातेनका नेपाली महिला कामदारहरूको समस्या कुवेतसंग पनि जोडिएकोले कुवेत पुगी कुवेतका लागि नेपाली राजदूत मधुवन पौडेलसंग पनि बिशेष भेटवार्ता गर्नुभएको थियो । यस अघि फोनबाट समेत आफ्नो समुदायका समस्याहरू राम्ररी सुनाउन, बुझाउन नपाएका हफर अल बातेनमा स्थापित कल्याणकारी नौलो नेपाली संघका पदाधिकारीहरू यसरी महामहिमज्यु स्वयमसंग आफ्ना दुख समस्याहरू सुनाउन पाउंदा खुशी भएका छन । संघका का.बा. अध्यक्ष कृष्ण आचार्यको सभापतित्वमा सम्पन्न यस अन्तरकृया कार्यक्रममा संघका सचिव गंगालाल बि.क.ले स्थानिय समस्याहरूलाई बुंदागत रूपमा प्रस्तुत गर्नुभएको थियो । महामहिमज्युले यस क्षेत्रको समस्याबारे आंफु अब अवगत भैसकेको र समाधानका लागि निरन्तर पहल गरिरहने बताउनुभयो । यस भ्रमणमा राजदूतसंगै दूतावासका तृतीय सचिव शरद पौडेल र दूतावासकै अरबिक ट्रान्सलेटर मोहमद मोशा पनि सामेल हुनुहुन्थ्यो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.