Menu

सहाराविहीन एउटा जीवनः कमला थापा मगर

देविका घर्तीमगर

दाङ मंसिर ९ ।

खै हुने हुनामी भयो भने यस्तै हुने रहेछ । अर्काको पछि लागेर आएको अहिले आफ्नो ज्यान पनि कमजोर भएपछि श्रीमान्ले पनि छाडेर गए । घोराहीस्थित कटुवाखोलामा ढुंगाहरुसंग पौठेजोरी खेल्दै गरेकी कमला थापामगर यस्तै भन्दै आफ्ना गुनगुनाइरहेको भेटिनुभयो । कमलाले कटुवाखोलाका ढुंगा र बालुवासंग पौठेजोरी गर्दै जीवनलाई धकेल्न थालेको पनि ५ बर्ष भैसक्यो । दुबै खुट्टा खुम्च्याएर गिट्टीको थुप्रोमाथि बसेकी कमला छेउमै रहेकी पाँच बर्षकी जेठी छोरीले खोलाबाट बोकेर ल्याएको ढुंगा आफ्नो छेउमा ल्याइदिन आग्रह गरिरहनुभएको थियो ।
हुनत सबैको जीवन सोचेजस्तो सुखी र खुसी त कहाँ हुन्छ र तर आर्थिक अभाव जस्तोसुकै भएपनि साथमा माया गर्ने मान्छे । आफुलाई सहारा दिने मान्छे साथमा भयो भने जस्तोसुकै कठिन कार्यहरु पनि सजिलै सम्पन्न गर्न सकिन्छ । अझ भनौ न जीवनको यात्रालाई अगाडी बढाउन सकिन्छ । तर यस्तो जीवन सबैका लागि कहाँ हुँदो रहेछ र समय भनौ वा नियतिले सबैलाई एउटै जीवन नदिदो रहेछ । कमला थापाको जीवनमा नियतिले यस्तै बनाइदियो । रोल्पा गुम्चाल माइत भएकी कमलाको ५ बर्ष पहिले सैघा गाविस-५ छहरे निवासी तुलाराम थापामगरसंग दोस्रो विवाह भएको थियो । अघिल्लो श्रीमान् कलापार इण्डीया गएको फर्केर नआएपछि आफन्तीहरुले घोराहीमा भेट गराई दिएर तुलारामसंग विवाह गराइदिएका थिए । विवाह भएकै बर्ष कमला र उहाँको श्रीमान् घोराही नगरपालिका-५ अम्बापुरमा डेरा गरी बस्न थाल्नुभएको थियो । मजदुरी गरी खाने भएका कारण घोराहीतिर बसेर दुवै जनाले कमाउँदै जीवन गुजारा गर्ने सोंचका साथ उहाँहरु अम्बापुरमा बस्नुभएको थियो । तर नियतिको खेल कमलाको जीवनमा यस्तै हुन पुग्यो । जसले अहिले कमलालाई खुट्टा दुख्ने बिरामीका कारण कमलाले उपचार पाउन सक्नुभएन । २ बर्ष पहिलेदेखि उहाँको दुबै खुट्टा नलाग्ने भएका छन् । अर्काको घरमा डेरा गरेर मजदुरी गरेर खाने जीवन । त्यसमा पनि मिस्त्री काम गर्ने श्रीमान् तुलारामले काम गरेर ल्याएको पैसा जाँड-रक्सी खाएर सकाइदिने भएका कारण निकै पिडा भोग्नुपरेको थियो कमलाले ।
बेला-बेलामा मात्तिएर कुट्ने पिट्नेसमेत गर्ने श्रीमान्ले अहिले कमलालाई छाडेर एक्लै बनाएका छन् । खुट्टाको उपचारका लागि चन्दा उठाएर भएपनि केही रुपमा उपचार गराएपनि खुट्टा निको भएन कमलाको । अहिले उहाँको दुबै खुट्टा नलाग्ने भएका छन् । ुखुट्टा नलाग्ने भएनि भोक त लाग्छ यही खोलाका ढुंगाहरुसंग जिन्दगी धकेल्ने प्रयास गरिरहेको छु-उहाँले भन्नुभयो आफ्नो ज्यान राम्रो भएत जसरी भएपनि परिश्रम गरेर खाइन्थ्यो होला तर के गर्ने मलाई भगवानले पनि हेरेनन् ।ु गत असार महिनामा कमलाका श्रीमान्ले उहाँलाई छाडेर गएका हुन् । अहिले कमला त्यही ५ बर्षकी छोरीले बोकीदिएको ढुंगा कुटेर साँझ बिहानको छाक टारिरहनुभएको छ । २ महिना भैसक्यो घरबेटीलाई भाडा बुझाएको छैन साँझ खाने खर्च पनि छैन- यस्तै भन्दै हुनुहुन्थ्यो कमला । साँच्चीकै कमला शारिरीक रुपमा अपांग हुनुका पिडा हुन् यी । घरमा सासु ससुरा जेठाजु भएपनि आफुसंग नबोलेर हिड्ने गरेको उहाँले बताउनुभयो । उहाँसंग नागरिकता पनि छैन । त्यसैले अपांगता भत्ता पाइन्छ भन्ने सुने पनि आफुलाई थाहा नभएको बताउनुभयो । धेरैपटक नगरपालिकामा गएँ तर नगरपालिकाले तपाइँका मान्छेहरु लिएर पहिले नागरिकता बनाउनुस् भनेर भनेको छ-उहाँले भन्नुभयो मेरो घरको परिवारले हेर्न पनि हेर्दैनन् खै कसरी होला र ु
कमला डेराको छेउमै रहेको कटुवा खोलामा पनि लट्ठी टेकेर बल्लतल्ल आउनुहुन्छ । माइत पनि टाढा भएका करण अहिलेसम्म कसैको सहयोग पाउन नसकेको गुनासो गर्नुभयो । तर पनि उहाँलाई उपचार गरेमा खुट्टा निको हुन्छ कि भन्ने आशा रहेको छ । औषधि गरेपछि त निको हुन्छ कि भन्ने लाग्छ तर खै के पैसाले उपचार गर्ने र-उहाँले भन्नुभयो । सहयोग पाइन्छ भन्ने सुन्ने गरेपनि अहिलेसम्म कसैको सहयोग नपाएको कमलाले बताउनुभयो । ढुंगा बोकीदिने पानी भरेर ल्याइदिने दाउरा खोजिदिने सबै काम छोरीले गर्ने गरेको उहाँले बताउनुभयो । छोरीहरु अलि ठूलो भएपनि आफूलाई सहयोग पुग्थ्यो कि भन्ने उहाँको आशा रहेको छ । बिरामी भएर उठ्नै नसक्ने भएको बेलामा कमलालाई श्रीमान्ले छाडेर गएका थिए ।

साभारः गणतन्त्र दैनिक

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.