यस पेज संग आवध्द सम्पूर्ण शुभचिन्तक, मिडियाकर्मी, बुध्दिजिबी, समाजसेवीहरुमा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरब हार्दिक अभिवादन टक्र्याउंछौँ। एनआरएनए साउदी अरबको यो वेब साइट अहिले तेह्रौं बर्षमा चल्दैछ। संस्थाको अफिसियल साइट भएता पनि हामीले आफ्नो संस्थाका गतिबिधीहरूमा मात्र सिमित नभई यो वेवसाइटमा हामीले नेपाली समाजमा घटेका बिबिध घटनाक्रम, प्रवासमा खास गरी साउदी अरबमा श्रमिक समस्या सम्बन्धी बिषयवस्तु उठान गर्ने, सम्बन्धित निकाय सम्म समन्वय गर्ने जस्ता थुप्रै बिषयवस्तुहरु पस्किने प्रयास गरेका छौं। हामी यस पेजका संचालक पनि आफैमा श्रमिक हौं तेसैले श्रमिक श्रमिक बिच नेपालीका लागि नेपाली हाम्रो मूल मन्त्र रहेकोले श्रमिक सरोकारका बिषयमा सदैव हामी कटिबध्द छौं। यदाकदा हामीहरु बाट कुनैपनी बिषयवस्तु सम्प्रेषण, अद्यावधी गर्नमा ढिला हुन गएमा अग्रिम क्षमा प्रार्थी छौं।
हाम्रो उध्देश्य नेपाली समाजमा हुने गरेका बिभिन्न खाले बिकृति र बिसंगतिहरू बिरुध्द आवाज बुलन्द गर्दै स्वच्छ, सभ्य र सौहार्दपुर्ण प्रबासी नेपाली समाजको निर्माण श्रमिक उध्दारमा टेवा पुर्याउनु हाम्रो उध्देश्य ठान्दछौं। अतः कुनै पनि किसिमका भ्रष्टाचार,ठगी, अनियमितता तथा अबैध कृयाक्लापहरूको भण्डाफोर हाम्रो प्राथमिकतामा रहिरहनेछन। सामाजिक समस्याहरू तथा समाजका जिम्मेवार ब्यक्ति, संस्था तथा निकायका कमी कमजोरीहरूबारे जन साधारणलाई सुसूचित हाम्रो कर्तब्य रहिरहने छ र हामी यो कार्यलाई निरन्तरता दिंदै आएका छौं र दिइरहने छौं।
तेह्रौं बर्षको लामो यात्रामा साउदी अरबमा हामीले धेरै उतार चढावका खुट्किला हरु पार गर्दै आयौं। प्रशंशा तथा आलोचनाहरु खेप्दै आउनु परेता पनि नेपाली समाजमा हुने गरेका बिबिध घटनाका पक्षलाई नियाल्दै शोसित,पीडित नेपाली श्रमिकहरुका निम्ती न्याय, सुरक्षा, उध्दार,क्षतिपुर्तीका लागि हामी निरन्तर आवाज बुलन्द बनाउने प्रयास जारी राख्नेछौं।
हाम्रो यो वेवसाइट माया र विश्वास गरी भिजिट गर्नुहुने सम्पूर्ण शुभचिन्तक र पाठक बृन्दलाई साइटको समयानुकुल सुधार र थप परिस्कृत बनाउन तथा कुनै त्रुटी तथा कमजोरीहरू छन भने थप सुधारको निम्ती हामीलाई मार्गदर्शन गर्नको निम्ती यहाँँहरुको साथ, सहयोगको निम्ती हामी संस्थागत बिनम्र अनुरोध गर्दछौं। साथै सबै आदरणीय लेखक तथा साहित्यकार मित्रहरूलाई पनि आ-आफ्ना लेख, समाचार तथा रचनाहरू लेखी पठाउनुहुन पनि हामी सादर अनुरोध गर्दछौं ।
सम्पादक मण्डलः
१. तेज बहादुर थापा
प्रधान सम्पादक
इमेलः [email protected]
२. बिष्णु न्यौपाने
सम्पादक
इमेलः [email protected]
३. शुक्र मोक्तान
सम्पादक
इमेलः [email protected]
अफिसियल वेवसाइट: http://nrnaksa.com
फेसबुक पेज: एनआरएनए साउदी
Nrna saudi always with victim .