साउदि अरबमा कोरोना संक्रमणको पछील्लो अवस्था: कोरोना महामारिका कारण हाल सम्म साउदि अरबमा संक्रमित संख्या १७४,५७७ पुगेको र मृत्यु हुनेको संख्या १४७४ पुगेको छ भने १२०,४७१ जना कोरोना बाट निको भएर फर्केका छन्। बिगत ४ साता अघिको आधिकारिक जानकारि अनुसार संक्रमित हुने नेपालीहरुको संख्या १३६४ रहेको थियो जस मध्ये ९ जना नेपाली नागरिकको कोरोनाकै कारण ज्यान गएको पुष्टी भएको थियो।
स्मरण रहोस्: कोरोनाका कारण साउदी अरबमा संक्रमित तथा मृतक नेपालीको पछील्लो अवस्था (संख्यात्मक) अद्यावधिक,स्वदेश फिर्तिको लागि वास्तविक पीडितको पहिचान गरी निशुल्क स्वदेश फिर्तिको ब्यबस्था, कोरोना बाहेक अन्य कारणले मृत्यु भएका नेपाली हरुको शव नेपाल पठाउने ब्यबस्था, पीडितहरुको जिबन रक्षा,बिमा तथा अन्य सेवा सुबिधा लगायतका बिषय बस्तु समेटिएको ७ बुंदे अनुरोध सहितको ज्ञापन पत्र र संयुक्त प्रेस बिज्ञप्ती मार्फत पनि यहाँ स्थित नेपाली नियोगहरु, नेपाल सरकार र सम्बन्धित निकायहरुलाई संस्थागत अनुरोध तथा ध्यानाकर्षण गराएका थियौं।
स्वदेश फिर्ती: नेपाल फर्किनको निम्ती कोरोना टेस्ट र अन्य प्रकृयामा अल्झिएका अधिकांश नेपालीहरुबाट आएका फोनकल हरुलाई बिभिन्न क्षेत्रमा रहेका संघका कार्यदलका पदाधिकारीले आवश्यक सुचना प्रवाह गर्नुको साथै सम्बन्धित निकायसंग समन्वय गर्ने कार्य निरन्तर हुंदै आएकोछ। नेपाल सरकारद्वारा तय गरिएका प्राथमिकताको आधारमा साउदि अरबमा अफ्टेरोमा परेका नेपालीहरुको उध्दार कार्यको शुरुवात मिती १८-जुन-२०२० देखी नै भएको थियो। रोयल नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स मार्फत १८-जुनमा साउदिको दमामबाट १५३ जना,२०-जुनमा रियाद बाट २४७ जना, २३-जुनमा दोस्रो उडान दमामबाट १५४ जना र २४-जुनमा जेध्दा बाट २५३ जना गरी हाल सम्म कूल ८०७ जना नेपालीहरु सहित ४ वोटा शव नेपाल पुर्याइएका छन् ।
पीडितलाई राहत अभियान: यो साता थप २८ जना पीडितलाई खाद्यान्न उपलब्ध गराउनुको साथै हाल सम्म गैर आवासिय नेपाली संघ साउदी अरब समक्ष आएका ३७३ जना पीडितहरुलाई यहाँ स्थित नेपाली कुटनितिक नियोगहरुसंग समन्वय र पैरवी पहल गर्दै तत्कालका लागि खाद्यान्न बितरण गर्दै आएको ब्योहरा सबैमा जानकारी गराउंछौँ। साथै ४०० भन्दा बढी पीडित संख्यामा आएका गुनासोहरु नेपाली राजादुताबास रियाद र महावाणिज्यदुतावास जेेेद्दासँग समन्वय गरी नियोगहरुको पहलमै समाधान, उध्दार एवम् कानुनी उपचार सहित स्वदेश फिर्ताको प्रकृयामा रहेका छन्।
मिती २६-जुन-२०२० का दिन बसेको साप्ताहिक बैठकमा संघको कोरोना उध्दार कार्यदल कमिटी अनी NRNA NCC का पदाधिकारी, सल्लाहकार परिषद,आइसिसी पदाधिकारीको उपस्थिती रहेको थियो।बैठकमा उपस्थित बक्ताहरुले बोल्ने क्रममा: नेपाल जाने तयारीमा नाम सार्वजनिक भएका पीडितहरुलाई मेडिकल टेस्ट लगायत अन्य प्रकृयाको लागि समन्वय गरिरहेको, भौगलिक हिसाबले साउदि अरब धेरै ठुलो रहेकोले साउदिका दुर्गम स्थान सबै ठाउंमा कोरोना टेस्ट सुबिधा उपलब्ध नभएको गुनासोहरुलाई समेत आवश्यक परामर्श दिंदै समन्वय गरिरहेको साप्ताहिक गतिबिधीहरु जानकारी गराएका थिए। साउदीमा फसेका नेपालीहरुलाई सरकारले स्वदेश फिर्तिको प्रबन्ध मिलाएको तालिका अनुसार फर्किने क्रम जारी रहेको छ । हाल सम्म केही नेपालीहरु फर्की सकेको भएपनी वास्तबिक पीडित नेपालीहरु जस्तै बहिर्गमन भिसा लागिसकेका, बेरोजगार भएका, बिभिन्न कारणले अबैध रूपमा बसेका र डिपोर्टेसन सेन्टरमा रहेका नेपालीहरुको निम्ती कोरोना टेस्ट, हवाई टिकट शुल्क जुटाउन नसक्ने भएकोले त्यस्ता पीडितहरु छुट्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै सरकारले वास्तविक पीडितको पहिचान गरी फर्काउने,नेपालमा पुर्याएर स्वास्थ्य सेवा,रोजगारिको ब्यबस्था,कोरोना टेस्ट तथा क्वेरन्टाइन सेवा समेत गर्नुपर्ने विषय वस्तु छलफलमा उठान भएका थिए ।
गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले यस बिपदको घडीमा साउदी अरबमा कृयासिल नेपाली संघ-संस्थाहरु, सामाजिक अभियान्ताहरु, बुद्धिजीवी वर्ग लगायतका सबै सँग संयुक्त रूपमा हातेमालो गर्दै राष्ट्रिय स्तरका भूमिका र योगदान पुर्याउंदै कोरोनाबाट प्रभावित नेपालीहरुको अवस्था, नेपाली कामदारहरुको जिबन रक्षा, स्वदेश फिर्ती साथै तत्कालका लागि पीडितहरुलाई मानवीय राहत सहयोग गर्दै संस्थाले साउदी अरब स्थित नेपाली राजदुताबास रियाद तथा महावाणिज्यदूतावास जेध्दासँग नियमित सम्वाद र समन्वय गरि नवौं हप्ता पार गरिसकेका छ र यस कार्यलाई संघको साधन स्रोत भ्याएसम्म निरन्तरता दिने प्रतिबध्दता जनाउंछौं।
गैर आवासिय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद
साउदी अरब