Menu

NRNA NCC साउदी अरब माथि फैलाइएको भ्रामक दुस्प्रचार प्रति गम्भिर ध्यानाकर्षण

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले श्रमिक हक हितका लागि बिभिन्न समयमा  निरन्तर मानवीय सेवाका कार्यहरु गर्दै आइरहेको छ। बिशेष गरी कोविड-१९ ले साउदी अरबमा नेपालीहरु माथि निम्त्याएको दु:खद र बिषम परिस्थितीले गर्दा हजारौँ संक्रमित हुनुका साथै कैयौंले ज्यान गुमाउनु पर्‍यो। अझै पनि कोरोना पूर्ण रूपमा नथामिएको अवस्था छ। यसको प्रतक्ष मार नेपाली श्रमिक हरुलाई पर्न गयो जस बाट हजारौं नेपालीहरुले रोजगारी गुमाउनु पर्‍यो। खान र बस्न समेत धौ धौ परेको बेला एनआरएनए साउदीका सम्पूर्ण पदाधिकारीले ठुलो जोखिमा मोलेर मानवीय उध्दार कार्य गर्दै आए। उध्दार कार्यमा निरन्तर सम्बन्धित निकाय र संघ संस्थाहरु संग समन्वय गरी पीडितलाई राहत, उध्दार, राशन, टिकट, पिसिआर टेस्टको लागि सहयोग जस्ता थुप्रै कार्यहरु गरियो। परन्तु यो महान कार्य प्रति केही कुपात्रहरुले बिभिन्न सन्जाल मार्फत लान्छाना लगाउने र मिथ्या आरोप वा झुटा प्रचार गर्ने जस्ता दुस्प्रयास गरिएकोमा खेद प्रकट गर्दै गैर आवासिय नेपाली संघ साउदी अरबले पत्रकार सम्मेलन गरेर घोर भ्रत्सना गर्दै दोषी उपर कारबाहिको माग गर्दै प्रेस बिज्ञप्ति जारी गरेको छ।

PDF file का लागि यहाँँ हेर्नु होला :    NRNA NCC press release 21-Feb-2021

गैर आवासिय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद
साउदी अरब

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.