Menu

गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति अल कासिम साउदी अरबको चौंथो अधिबेशन तथा बार्षिकोत्सब सम्बन्धमा

गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति अल कासिम साउदी अरेबियाको चौंथो अधिबेशन तथा बार्षिकोत्सब यहि अप्रिल 30 तारिख शुक्रबारका दिन हुन गईरहेको सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई जानकारी गराउन चाहन्छौं। बिश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको अबस्थालाई मध्यनजर गर्दै २०२१-२३ कार्यकालका लागि हुन गईरहेको चौंथो अधिबेशन तथा बार्षिकोत्सब भौतिक उपस्थितिका साथ गर्न असंभव भएकोले जुम अनलाईन (भर्चुअल) प्रबिधिबाट हुने सबैमा जानकारी गराउँदछौं।

उक्त कार्यक्रमका लागि  जुम आईडी तथा पासकोड सहितको सूचना निमन्त्रणा पत्रमा उल्लेख गर्दै यसै फेसबुक पेज द्वारा केहि दिनमा जानकारी गराउने छौं ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदि अरबका उपाध्यक्ष बिशाल कुमार श्रेष्ठको संयोजकत्वमा तिन सदस्यीय निर्वाचन समितिको गठन भएकोले अल कासिम क्षेत्रमा रहेका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहीनीहरु जो समितिमा रहेर समाज सेवा गर्न ईच्छुक हुनुहुन्छ उहाँहरुले यहि अप्रिल 21 तारिक बुधबारका दिन सम्म तल दिईएको निर्वाचन समितिको सम्पर्क नम्बर तथा ईमेलमा आफ्नो उमेद्दवारी फारम भरेर पठाउनु पर्ने छ। उमेद्वारीका लागि फारम यसै साथ संलग्न गरिएको छ।

उमेद्दवारी दिने अन्तिम मिति : 21 अप्रिल 2021 बुधवार
उमेद्दवारी फिर्ता लिने मिति:   24 अप्रिल 2021 शनिबार
उमेद्दवारी दिनका लागि सम्पर्क:बिशाल कुमार श्रेष्ठ- निर्वाचन समिति संयोजक
सम्पर्क: 0535470253( [email protected] )

गैरआवासीय नेपाली संघ
क्षेत्रीय समन्वय समिति अल कासिम
साउदी अरब

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.