Menu

एनआरएनए साउदी अरबका दुई स्थानीय समन्वय समितिको अधिबेशन एकैदिन सम्पन्न ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति साउदी अरबको मातहतमा रहेका पुर्वी क्षेत्रका दम्माम स्थानीय समन्वय समिति  र खोबर स्थानीय समन्वय समितिको २०२१-२०२३ कार्यकालका लागी २३ अप्रिल २०२१ शुक्रबारका दिन जुम बिद्धुतिय माध्यमबाट भब्यताका साथ अधिवेशन सम्पन्न भएको  छ। एनआरएनए साउदीका महासचिव उमेश भट्टराईद्वारा संचालित उक्त कार्यक्रममा खोबर स्थानीय समितिका अध्यक्ष बिष्णु भण्डारीको सभापतित्वमा सम्पन्न भएको थियो। एनआरएनएका विभिन्न तह र समितिहरुमा आवद्ध आइसिसी मध्यपुर्व सह संयोजक राजेन्द्र अर्याल, आइसिसी सदस्य यास्मिन बेगम, नारायण पासवान, एनसिसि साउदी अरबका अध्यक्ष तेज थापा, संरक्षक राजु सैयद, प्रमुख सल्लाहकार डमर यादव, उपाध्यक्ष विशाल श्रेष्ठ, रोशन श्रेष्ठ, भोला पौडेल, का.बा. कोषाध्यक्ष योगेन्द्र श्रेष्ठ, केन्द्रीय पदाधिकारी नरेन्द्र कार्की, शुक्र मोक्तान लगायतका एनआरएनए प्रतिनिधिहरु साथै क्षेत्रीय तथा स्थानीय समन्वय समितिका पदाधिकारीहरु र अन्य नेपाली श्रमिकहरुको उपस्थिति रहेको थियो।

एनसीसी साउदि अरबले पुर्वी क्षेत्रमा अधिवेशन सम्पन्न गर्न प्रमुख सल्लाहकार डमर यादवको संयोजकत्वमा उपाध्यक्ष रोशन श्रेष्ठ, महासचिव उमेश भट्टराई, सदस्य शुक्र मोक्तान सहित भुतपुर्व कोषाध्यक्ष मो. जैनुल अव्दिन सम्मेलित ५ सदस्यीय अधिवेशन समितिलाई  जिम्मेवारी दिइएको थियो, जस अन्तर्गत पहिलो चरणमा दम्माम र अलखोबर  स्थानीय समितिहरुको संयुक्त अधिवेशन एकैदिन सम्पन्न भएको हो।  उक्त अधिबेशनबाट दम्माम स्थानीय समितीमा अध्यक्ष हरि थापाको नेतृत्वमा ११ सदस्यीय  समिती चयन भएको छ भने  अल खोबर स्थानीय समितिमा दुर्गा बहादुर खड्का को नेतृत्वमा ७ सदस्यीय समिती चयन भएको छ। दुवै समितीमा उम्मेद्बारी परेका पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका थिए।

गैर आवासीय नेपाली संघ स्थानिय समन्वय समिति दम्माम २०२१२०२३ कार्यकालका लागि नव निर्वाचित पदाधिकारीहरुको विवरण निम्न प्रकार :

अध्यक्ष              : हरि थापा
उपाध्यक्ष           : दिपक खाण
सचिव               :  राम बहादुर खड्का
सह-सचिव        : राम थापा
कोषाध्यक्ष        : रमेश राजवंशी
सह-कोषाध्यक्ष : सरोज कुमार मण्डल
प्रवक्ता             : सुरज आचार्य
सदस्य              : पासांग शेर्पा
सदस्य              : संजित कुमार पासवान
सदस्य              : तेज बहादुर शाही
सदस्य              : ओम नारायण श्रेष्ठ

गैर आवासीय नेपाली संघ स्थानिय समन्वय समिति अलखोबर २०२१२०२३ कार्यकालका लागि नव निर्वाचित पदाधिकारीहरुको विवरण निम्न  प्रकार  :

अध्यक्ष              : दुर्गा बहादुर खड्का
सचिव               : हरि ओली
सह-सचिव        : मोति राज चाम्लिंग
कोषाध्यक्ष         : जय थारु
सह कोषाध्यक्ष  : होमनाथ भण्डारी
सदस्य               : लाल प्रसाद धिताल
सदस्य               : बसन्तराज भण्डारी

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै  एनआरएनएका विभिन्न तह र तप्कामा रहेका एनआरएनए कर्मिहरुद्वारा  निवर्तमान कार्यसमितीको  कार्यकाल सफल रहेकोमा खुशी ब्यक्त गर्दै धन्यवाद दिनुको साथै  नव निर्वाचित पदाधिकारी हरुलाइ बधाई र कार्यकाल सफलताको शुभकामना प्रदान गरिएको थियो। अधिबेशनलाइ सब्य र भब्य  बनाउन हाम्रो निमन्त्रणालाई स्विकार्दै सहभागी जनाउनु हुने एनआरएनए आइसिसी अग्रजहरु, एनआरएनए एनसिसि साउदीका  प्रतिनिधिहरु, आरसिसि तथा एलसिसि प्रतिनिधिहरु, पन्जिकृत सदस्यहरु, सम्पुर्ण श्रमिक दाजुभाइहरु, पत्रकार मित्रहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाइ बिशेष धन्यवाद तथा अभार प्रकट गर्न चाहन्छौं ।

२०२१-२३ का लागि नव निर्वाचित सम्पुर्ण दुवै स्थानीय समितीका पदाधिकारीज्यु हरुलाई   हार्दिक बधाईका साथमा सफल कार्यकालको शुभकामना दिन चाहन्छौं ।

गैर आवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद
साउदी अरब

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.