Menu

कोभिड १९ महामारी बाट नेपालमा भयावह हुँदै गइरहेको अबस्थामा एनआरएनए साउदी अरबले आर्थिक सहयोग संकलन गर्दै, उक्त अभियानमा जोडिन सबैलाई अनुरोध ।

४ मइ २०२१, साउदी अरब । बिश्वब्यापी रुपमा फैलिरहेको कोभिड-१९ ले दिनानुदिन नेपालमा पनि बड्दो विकराल अवस्था निम्त्याइरहेको बेलामा एनआरएनए साउदी अरबले पनि आर्थिक सहयोग रकम संकलन कार्य अगाडी बढाएको सबैमा जानकारी गराउदै  यस अभियानमा जोडिन सबैलाई अनुरोध गर्दछौं ।

आफ्नो मातृभूमि नेपाललाई अक्सिजन, भेन्टिलेटरको अतिनै आवश्यकता रहेको र नेपालमा विशेष गरी काठमाडौंमा COVID-१९ को द्रुत गतिमा बढेको खतरनाक फैलावटलाइ रोक्नका लागि शिफ्ट ट्रीटमेन्ट केन्द्रहरू बनाउन, आर्थिक सहयोग वा सामग्री सहयोग मार्फत महामारीको विरूद्ध लड्न, नेपालको प्रयासलाई तुरुन्त समर्थन गर्न र योगदान पुर्‍याउन एनआरएनए ले बिश्वब्यापी यो अभियान सुरु गरेको छ ।

यो भयावह अबस्थाले स्वास्थ्यकर्मीहरूलाई अत्याधिक काम र तनावग्रस्त भएको अबस्थामा उचित र समयमै हेरचाह, अक्सिजन, भेन्टिलेटरहरू, अस्पतालमा पर्याप्त ठाउँ आदि जस्ता सरल चिकित्सा सुविधाहरूको अनुपलब्धताको कारण धेरै व्यक्तिहरूले आफ्नो ज्यान गुमाएका कारण यसबाट सजग रहन पनि आग्रह गर्दछौं ।

कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि एनआरएनए आइसिसी को आग्रह अनुसार एनआरएनए साउदी अरबले पनि एक आकस्मिक बैठक राखी सहयोग रकम उठाउन सुरु गरेको जानकारी गराउदै बैठकको निर्णय अनुसार एनआरएनए साउदीले न्युनतम ५ लाख सहयोग गर्ने र अधिकतम तपाईं सबैको साथ सहयोग अनुसार जति पनि हुन सक्ने छ ।

यदि कोहि कतैबाट इच्छुक भएर सहयोग गर्न चाहनु हुन्छ भने तल दिइएका ,विभिन्न क्षेत्रहरूमा रहेका हाम्रा एनआरएनए प्रतिनिधिहरुको विवरण अनुसार उहाँ हरुलाइ सम्पर्क गर्नु होला ।
नोट :- समय निकै कम भएकोले भोलि बुधबार भित्रमा सम्पर्क गर्नु हुुुन पनि विनम्र अनुरोध गर्दछौं ।

बिशाल कुमार श्रेष्ठ अल कासिम (0535470253)
अर्जुन थापा तबुक (0544994328)
ध्रुब रिजाल जेद्दा (0505910744)
नारायण पास्वान रियाद (0558517861)
लाल बहादुर मगर जिजान (0561541062)
उमेश भट्टराई दम्माम, पुर्वी क्षेत्र (0500029089)
योगेन्द्र बहादुर श्रेष्ठ 059794011   

धन्ययवाद।
गैर आवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद
साउदी अरब

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.