प्रत्येक महिनामा एक पटक अस्थायी घुम्ति सेवा संचालन गरिने गरी अस्थायी शिविर कार्यक्रम सम्पन्न!

एनआरएनए साउदीको सहजीकरण र नेपाली दूतावासको सहकार्यमा अस्थायी शिविर कार्यक्रम सम्पन्न ।

राहदानीको म्याद सकिएर नवीकरण गर्नु पर्ने नेपाली नागरिकहरू कोरोना महामारी र अन्य कारणले दूतावास रियाद सम्म जान नसकिएकाहरूलाई अस्थाई घुम्ति शिबिर संचालन गरी दूतावासको सेवा प्रदान गरिएको छ। गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद सउदीको सहजीकरण र नेपाली दूतावास रियादको सहकार्यमा साउदी अरबको पूर्वीय प्रान्तको दम्माम फैसलियाह स्थित अल असेमाह रेस्ट हाउसमा १३ र १४ अगस्त २०२१ का दिन उक्त कार्यक्रम सम्पन्न भएको हो ।

उक्त राहदानी सहजीकरण अस्थायी शिविर बाट पहिलो दिन ४ सय ५३ जना सेवा ग्राहीले सेवा प्राप्त गरे भने सेवा ग्राहीको अत्याधिक चाप रहेको कारण पूर्व कार्य योजना नरहे पनि १४ अस्टमा पनि उक्त सेवा प्रधान गरिएको दूतावासका प्रथम सचिव ऋषी आचार्यले बताउनु भयो । उहाँका अनुसार सेवा ग्राहीको सहजतालाई ध्यानमा राखी दोस्रो दिनको लागी समय निर्धारण सहित टोकन बितरण गरिएको थियो । कुल ७५० टोकन बितरण गरिएकोमा ४ सय५३ जनालाई शुक्रवार बिहान ७ बजे देखी रातको १० बजे सम्ममा सेवा दिईए पनि बाँकीलाई समय अभावका कारण दोस्रो दिन पनि निरन्तर राहदानी नवीकरणको फारम संकलन गरिएको र कुल ७ सय ५३ जनाको राहदानी नवीकरणको आवेदन फारम संकलन गरिएको छ। भने सोही अवधीमा नवीकरण भएर आएको ५२९ जनाको राहदानी मध्ये ३०० जनाको राहदानी वितरण पनि गरेको छ ।

उक्त दुईदिने अस्थाई शिविर मार्फत गैर आवासीय नेपाली संघका मध्यपूर्व क्षेत्रिय सहसंयोजक राजेन्द्र अर्यालका अनुसार उपचाररत अशक्त बाँकेका राजेश परियार लगाएत कुल १ हजार ३ सय ५३ जना सेवा ग्राहीले सेवा प्राप्त गरेका छन् भने राहदानी नवीकरणको लागी फारम संकलन गर्न दूतावासका प्रथम सचिव ऋषी आचार्यको नेतृत्वमा स्थानिय जनसंपर्क अधिकारी हरी घिमिरे लगायतको टोलीको उपस्थिती रहेको थियो ।

उक्त कार्यमा सेवा ग्राहीको सहजताको लागी सहजीकरण तथा अनलाईन फारम फर्न एवम् अन्य व्यवस्थापन र सहयोग गर्न एनआरएनए साउदी अरब मातहतका संस्थापक सदस्य एवम् संरक्षक राजु सैयद ज्यु, निवर्तमान अध्यक्ष तथा नव निर्वाचित आईसीसी सदस्य तेज थापा,अध्यक्ष डमर यादब, महासचिव उमेश भट्टराई, सह कोषाध्यक्ष सत्या केसी, सदस्य गणेश अर्याल, क्षेत्रिय अध्यक्ष विष्णुप्रसाद भण्डारी, उपाध्यक्ष पदम महत, कोषाध्यक्ष रमेश भट्टराई, रमेश ढंगाल, ओम कुमाल र श्री डीबी बलामी मगर सगितको दाधिकारीहरूको उपस्थिति रहेको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.