Menu

प्राकृतिक उपचार

मितिः २०६७ माघ १७

श्री माननीय मन्त्रीज्यू

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नेपाल सरकार

रामशाहपथ काठमाडौं

विषयः- सबै नेपालीहरुलाई स्वस्थ बनाउने योजनालाई टेवा पुर् याउने बारे

उपरोक्त सम्बन्धमा हाम्रो संस्थाले कुनै प्रकारको रासायनिक पदार्थ ड्रग प्रयोग नगरी मेचीदेखि महाकालीसम्मका ७५ रै जिल्लाका सबै नेपालीहरुलाई स्वस्थ बनाउने अभियान संचालन तथा प्राकृतिक उपचारका शिवीरहरु देशभरका सबै जिल्ला सदरमुकाम नगरपालिका तथा सम्भव भएसम्म देशका ४ हजार गा.वि.स. हरुमा सम्पन्न गर्ने योजना सफल पार्न मन्त्रालय स्वयम्ले तथा त्यस मन्त्रालयको सम्पर्कमा रहेका दातृ निकायलाई आर्थिक सहयोग उपलब्ध गर्न गराउन आवश्यक तोक आदेशका लागि अनुरोध छ ।

हाम्रो संस्थाले जापानी अत्याधुनिक उपचार पद्धति इनर्जी हिलिङ नेपाली जडिबुटी तथा योग र अन्य परम्परागत उपचार पद्धतिहरुको विकास संरक्षण प्रचारप्रसार र उपचार गर्दै आएका विभिन्न चिकित्सकहरुलाई सहभागी गराई आफ्नो अभियान सफल पार्ने छ । वर्षेनी झाडापखाला भाइरल लगायत अन्य एलोप्याथी आयुर्वेद वा प्रचलित पद्धतिहरुबाट साचो हुन नसकेका वा त्यस्तो रोगबाट हुने क्षतिलाई पुरै रोकथाम गर्ने क्षमता सर्वसाधारण ग्रामीण जनताको तहमा सिकाएर कसैलाई पनि अकाल मृत्युको सिकार हुन नदिने हाम्रो योजना रहेको समेत मा. मन्त्रीज्यू मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा नेपाल सरकारलाई जानकारी गराउन पाएकोमा गौरव महसुस गरेकी छु ।

ज्ञानुदेवी रजौरे

कार्यक्रम संयोजक

महिला बन्दी तथा बालबालिका कल्याण समिति

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.