Menu

सात बुँदे सम्झौता ध्रुविकरण होइनः उपप्रधानमन्त्री


देविका घर्तीमगर
दाङ ६ फागुन ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरत मोहन अधिकारीले प्रधानमन्त्री झलनाथ खनाल र एमाओवादी अध्यक्ष प्रचण्डबीच भएको सात बुँदे सहमति ध्रुबिकरणको प्रयास नभएको बताउनुभएको छ । आज शुक्रवार देखि दाङको घोराहीमा सुरु भएको राप्ती पर्यटन महोत्सवको उद्घाटन गर्न घोराही आएका उपप्रधानमन्त्री अधिकारीसँग प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो कुरा बताउनुभएको थियो ।
दुईपार्टीका अध्यक्षबीच भएको सात बुँदे सहमति ध्रुविकराण्को प्रयास होइन यो सहमतिकै नयाँ अध्याय हो . अधिकारीले थप्नुभयो सात बुँदे सहमति मुलुकलाई सहजरुपमा अगाडि बढाउनका लागि गरिएको हो . यसको आधारमा अन्य पार्टीहरुलाई पनि सहमतिमा ल्याउन सकिन्छ । वर्तमान सरकारको नेतृत्व हाल एमाले अध्यक्ष खनालले गरिरहेको भए पनि आलोपालो बाट अन्य दलका नेताहरु पनि प्रधानमन्त्री देखि मन्त्रीसम्म बन्न सक्ने औंल्याउँदै अधिकारीले एकीकृत नेकपा माओवादी नेपाली कांग्रेस र मधेशवादी दलहरुलाई पनि छिटै सरकारमा सामेल हुन आग्रह गर्नुभयो । हामी वर्तमान सरकारमा माओवादी मात्र होइन, नेपाली कांग्रेस पनि सामेल होस भन्ने पक्षमा छौं, अधिकारीले भन्नुभयो खनालले समेत कांग्रेसलाई सरकारमा सामेल हुन आग्रह गरिसक्नु भएको छ ।

शान्ति र संविधानका लागि दलहरुबीच सहमति आवश्यक भएको टिप्पणी गर्दै सहमति भएमा मुलुकका यी साझा मुद्दाहरु छिटै टुंगो लाग्ने धारणा राख्नुभयो । वर्तमान सरकारले पूर्णता पाएको दुई महिना भित्र शान्ति र संविधान लेखन कार्य पुरा हुने चर्चा गर्दै अधिकारीले संविधानसभाले धेरै कामहरु सम्पन्न गरिसकेको र केही बिबादका मुद्दाहरु दलहरुबसेर टुंगो लगाउनुपर्ने वताउनुभयो ।

दलहरुबीच सहमति र सहकार्य हुन सकेमा मुलुक अगाडि बढ्ने वताउँदै सबैलाई सहमतिको बिन्दु खोज्न आग्रह गर्नुभयो । असहमतिका धेरै कुराहरु छन् पार्टी-पार्टीमा असहमति पार्टीभित्र असहमति छन् यस्तो अवस्थामा सहमतिको बिन्दु खोज्ने काम गर्नुपर्छु अधिकारीले थप्नुभयो वर्तमान सरकार सहमतिका साथ अगाडि बढ्न चाहन्छ सहमति र सहकार्यबाटै मुलुकलाई अगाडि बढाउन सकिन्छ ।

मुलुकमा देखा परेका संकटहरु निवारणका लागि साचारकर्मीहरुलाई भूमिका निर्वाह गर्न आग्रह गर्दै उपप्रधानमन्त्री अधिकारीले मुलुकलाई सहमतिको मार्गमा पुर् याउनका लागि साचारकर्मीहरुलाई सहयोगीको भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.