Menu

एनआरएनए, युएईको अधिवेशन १६ सेप्टेम्बरमा / मध्यपूर्वकै बढी पञ्जिकृत सदस्य युएईमा

२३ अगस्त २०११

जेपी सापकोटा

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् युएइले आफ्नों अधिवेशनको सूचना जारी गरेकोछ ।  महासचिव सुरेश बस्यालद्वारा प्रेशित सूचनामा गत अगस्ट १९, २०११ मा हुने भनिएको  संघको  महाधिबेशन पूर्णर् तयारी हुन का बावजुदपनि निर्धारित समय भित्र पंजीकृत सदस्य को लागि परेको सबै निवेदनलाइ व्यवस्थित र रुजु गर्नका लागि केहीसमय लागेकेाले सो महाधिबेशन पूर्व तोकिएको समयमा गराउन नसको ब्योहोरा अनुरोध गर्दै  बाट सदस्य तथा संबन्धित सबैमा पर्नगएको असुविधाकेा लागि गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समितीले दुःख प्रकट गरेको छ ।

उपरोक्त अनुसारको पंजीकृत सदस्यहरु को सुची हालै प्रकाशित भैसकेको अबस्थामा संघ को मिति २० अगस्त २०११ मा दुबई को एभरेस्ट होटेल मा बसेको पूर्ण बैठकले  राष्ट्रिय महाधिबेशन यहि आउदो १६ सेप्टेम्बर २०११ मा गर्ने प्रस्ताब गरिए अनुरुप सोही दिन हुने व्यहोरा उल्लेख गरिएको छ ।

५ अगस्त २०११ सम्ममा गैरआवासीय नेपाली संघ, राष्ट्रयिसमन्वय समिती युएई मा सदस्यताका लागि प्राप्त १,६५० नया निवेदन सहित जाचबुझ भैसकेका संघको मैजुदा पंजीकृत सदस्यहरुको सुची संघ को वेभसाइट www.nrnauae.org  मा  प्रकासित गरिएकोछ । यसरी प्रकासित गरिएको सुचिमा यदि कसैको नाम छुट्न गएको वा फरक पर्न गएको अथवा कुनै पनि दाबी बिरोध रहेमा  मिति २४ अगस्त २०११ सम्ममा संघको इमेल [email protected]   वा मेावाइल ०५० २५१०४१९ मा जानकारी गरी सहयोग गरि दिन समेत अनुरोध गरिएको छ ।  
अधिवेशन हुने स्थान दुबईको एक होटलमा भनिएको भएपनि प्राविधिक कारणले  पुनः निश्चित गरी यथाशीघ्र जानकारी दिइने कुरा बस्यालले जानकारी दिए । पञ्जिकृत सदस्यहरुको कूल संख्या २,१३२ रहेको सो वेभसाइ्रटमा जनाइएको छ । ‘दाबी विरोधपछि समेत यो संख्या २ हजारभन्दा बढी नै रहने प्राय निस्चित छ’ महासचिव बस्यालले भने ।

यो संख्यासागै एनआरएनए, युएई मध्यपूर्वकै धेरै पञ्जिकृत सदस्य संख्या रहेको मुलुक भ्एकोछ ।  सदस्यताको दृष्टिले यसपछिको संख्या कतारमा १,२९६ रहेकोछ ।  सो अधिवेशनले आगामी दुई बर्षकोलागि नया कार्यसमिति समेत चयन गर्नेछ । निर्वाचन समन्वयकोलागि डिआर गुरुङको अध्यक्षतामा चार सदस्यीय निर्वाचन समन्वय समिति कार्यरत छ ।

नेपाल दुबइ डट कम बाट

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.